१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ फाल्गुण २५ आइतबार २०:२४:००
Read Time : > 1 मिनेट
अर्थ

नगरपालिकाले नक्कली प्रतिवेदन बनाएर दश लाख रकम भुक्तानी गरेको खुलासा

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण २५ आइतबार २०:२४:००

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले नक्कली योजना अनुगमन प्रतिवेदन तयार गरी एक योजनामा  रकम भुक्तानी गरेको तथ्य खुलेको छ ।

पर्यटन पूर्वाधार विकास कार्यक्रमको आर्थिक वर्ष ०७५।०७६ को स्वीकृत कार्यक्रम अन्तर्रगत त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने त्रिपुरासुन्दरी मन्दिरदेखि कुमारीकोट बगर हुदै फोक्सुण्डो प्रवेशद्धार सुलिगाड जाने पदमार्ग निर्माण क्रममा भ्रष्टाचार गरेको भेटिएको हो ।

नेपाल पर्यटन वोर्डले उपलब्ध गराएको दश लाख रुपैयाँ कामै नभएको अवस्थामा पनि नक्कली अनुगमन प्रतिवेदनको आधारमा उपभोक्तालाई भुक्तानी गरिएको पाइएको हो ।

पदमार्ग निर्माण उपभोक्ता समितिसँगको मिलोमतोमा वडा २ का सब–ओभरसियर जंगबहादुर थापाले तयार पारेको अन्तिम कार्यसम्पन्न प्रतिवेदनको आधारमा तत्कालिन निमित्त कार्यकारी प्रमुख हिराचन्द्र धरलाले कामै नभएको योजनामा रकम भुक्तानी दिएको पाइएको हो ।

उपमेयरको नक्कली दस्तखत 
योजना अनुगमन संयोजक तथा उपमेयर समेत रहेकी चन्द्रकुमारी बुढाले उपभोक्ता समितिले आफ्नो कीर्ते  दस्तखत गरेर रकम भुक्तानी भएको बताएकी छन् ।

निमित्त कार्यकारी हिराचन्द्र धरलासंग मिलेर रकम भुक्तानी लिएको भनि फागुन २० गते नगर प्रमुखलाई निवेदन लेखेर कारवाहीको लागि माग गरेको उनले बताइन्  ।

त्रिपुरासुन्दरी नगरपालिकाका उपमेयर चन्द्रकुमारी बुढाले आफु पर्यटन बोर्डको योजना अनुगमनमा नगए पनि नक्कली अनुगमन प्रतिवेदन तयार पारेर रकम भुक्तानी भएको बताइन् ।

‘मैले बारम्बार निमित्त कार्यकारी हिराचन्द्र धरलालाई काम भएको छैन रकम भुक्तानी नदिनुहोस भनेको हुँ, तर म नै नभएको अवस्थामा मेरो दस्तखत कीर्त गरी अन्तिम रकम भुक्तानीको लागि अनुगमन प्रतिवेदन तयार पारेर रकम लिइएको पाउँदा आफु अचम्ममा परें ।’ उपमेयर बुढाले भनिन् । 

नगरपालिकाका तत्कालिन निमित्त कार्यकारी हिराचन्द्र धरलाले नेपाल पर्यटन बोर्डबाट भित्रिएको पर्यटन पदमार्ग तथा नगरपालिकाका केही गम्भीर नीतिगत निर्णयहरुमा समेत मेयर उपमेयरलाई समेत जानकारी नदिई झुक्याएर निर्णय गरेको समेत पाइएको छ ।

नगरपालिकाको जिम्मेवार पदमा बसेर आफ्नो पदको दुरुपयोग गर्दै मनोमानी ढङ्गबाट निर्णय गरेको र केही योजनाको रकमसमेत भुक्तानी गरेको पाइएपछि फागुन २३ गते कार्यपालिकाको बिशेष बैठक बस्यो ।

बैठकले तत्कालिन निमित्त कार्यकारी प्रमुख हिराचन्द्र धरला र पर्यटन पदमार्ग निर्माणमा भुक्तानी गरिएको भनिएको योजनामा छानवीन गरी कारवाहीको लागि सिफारिस गर्ने निर्णय गरेको मेयर ओमबहादुर बुढाले बताए ।

त्रिपुरासुन्दरी मन्दिरदेखि कुमारीकोटबगर हुँदै फोक्सुण्डो जाने सुलिगाडसम्मको पर्यटन पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर बुढाले योजनामा काम नभएको स्वीकार गरे ।

‘म काम बिशेषले जिल्ला वाहिर थिए, समितिका अन्य सदस्य र गाउँलेलाई काम गर्नु भनेको थिए तर गरेका रहेनछन म फर्केर आउँदा आर्थिक मसान्त सकिन लागेकाले प्रकृया मिलाएर रकम भुक्तानी लिएको हो’ बुढाले भने ।