१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २५ आइतबार ०८:०८:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

विद्यालयदेखि उच्च शिक्षासम्म उत्कृष्ट हुने छात्रा बढी

शिक्षक महिला : जति माथिल्लो कक्षा उति कम

Read Time : > 3 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २५ आइतबार ०८:०८:००

सामुदायिक विद्यालयमा कार्यरत महिला शिक्षकको संख्या जति माथिल्लो तहमा गयो, त्यति नै कम छन् । विद्यालय तह (कक्षा १–१२) मा कुल दुई लाख २६ हजार नौ सय ३१ शिक्षक कार्यरत रहेकामा महिलाको संख्या ८० हजार दुई सय ५४ छ ।

शिक्षा मन्त्रालयको शैक्षिक सूचना ०७५ अनुसार सामुदायिक विद्यालयमा भन्दा संस्थागतमा शिक्षक महिलाको उपस्थिति बलियो छ । संस्थागत विद्यालयमा (कक्षा १–१२) कुल शिक्षक संख्या ८७ हजार दुई सय ८९ रहेकामा महिला ३९ हजार सात सय ४५ र पुरुष ४७ हजार पाँच सय ४४ छन् । 

उच्च शिक्षामा छात्राको सहभागिता उत्साहजनक रूपमा वृद्धि भएको छ । भर्नादरमा छात्राको संख्या बढेर ५५.५९ प्रतिशत पुगेको छ । स्नातक तहमा छात्राको संख्या सबैभन्दा बढी छ ।

सामुदायिक विद्यालयको तल्ला तहमा शिक्षक महिलाको उपस्थिति अलि बलियो छ । आधारभूत तह (कक्षा १–५) मा सामुदायिक विद्यालयमा महिला ६५ हजार ५९ र पुरुष ८३ हजार सात सय ९५ छन् । आधारभूत तह (कक्षा १–५) संस्थागतमा महिला २७ हजार पाँच सय चार र पुरुष २२ हजार ९३ छ । 

आधारभूत तह (कक्षा ६–८)मा सामुदायिकमा महिला आठ हजार दुई सय ३८ र पुरुष २९ हजार दुई सय १५ छन् । संस्थागतमा महिला सात हजार चार सय ९० र पुरुष नौ हजार एक सय २८ छन् । माध्यमिक तह (कक्षा ९–१०)मा सामुदायिक विद्यालयमा शिक्षक महिला चार हजार दुई सय ५४ छन् भने पुरुष शिक्षकको संख्या २२ हजार पाँच सय ८० छ ।

यस तहमा संस्थागत विद्यालयमा महिला शिक्षक चार हजार आठ र पुरुष १२ हजार तीन सय ४५ छन् । माध्यमिक तह (कक्षा ११–१२)मा सामुदायिकमा महिला दुई हजार सात सय तीन र पुरुष ११ हजार ८७ छन् । संस्थागतमा महिला सात सय ४३ र पुरुष तीन हजार नौ सय ७८ छन् । 

विद्यालय तहमा ५०.०१ उच्च शिक्षामा ५५.५९ प्रतिशत छात्रा

विद्यालयदेखि उच्च शिक्षासम्मै अध्ययन गर्ने छात्राको संख्या धेरै छ । शिक्षा मन्त्रालयको शैक्षिक सूचना ०७५ अनुसार कक्षा १२ सम्म ७२ लाख १४ हजार चार सय २७ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये छात्रा ३६ लाख ७ हजार ६ सय ६१ र छात्र ३६ लाख ६ हजार सात सय ६६ छ । विद्यालय तहमा अध्ययन गर्ने छात्राको संख्या ५०.०५ प्रतिशत हो । उच्च शिक्षामा छात्राको सहभागिता उत्साहजनक रूपमा वृद्धि भएको छ । भर्नादरमा छात्राको संख्या बढेर ५५.५९ प्रतिशत पुगेको छ । स्नातक तहमा छात्राहरूको संख्या सबैभन्दा बढी छ । 

विश्वविद्यालय अनुदान आयोगको रिपोर्टअनुसार स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको कुल संख्या तीन लाख ६४ हजार सात सय २९ रहेकामा छात्र एक लाख ६८ हजार आठ सय ५७ र छात्रा एक लाख ९५ हजार आठ सय ७२ रहेका छन् । माथिल्ला तहमा भने छात्राभन्दा छात्रको संख्या बढी छ ।

स्नातकोत्तर तहमा कुल ५६ हजार तीन सय चार विद्यार्थी रहेकामा छात्र २९ हजार सात सय ७३ र छात्रा २६ हजार पाँच सय ३१ छन् । यसैगरी, एमफिलमा छात्र सात सय ५८ र छात्रा एक सय ५८ छन् । 

पिएचडी अध्ययन गर्ने छात्र एक हजार पाँच सय ८४ रहेकामा छात्राको संख्या भने तीन सय २२ मात्र छ । सन् २०१८ मा कुल चार लाख २३ हजार नौ सय ९६ मध्ये छात्र दुई लाख एक हजार १५ र छात्रा दुई लाख २२ हजार नौ सय ८१ छन् । सबैभन्दा बढी विद्यार्थी सामुदायिक क्याम्पसमा अध्ययनरत छन् । सामुदायिक क्याम्पसमा ८३ हजार ८४, आंगिकमा ६१ हजार चार सय ९४ र निजीमा ७८ हजार चार सय तीन विद्यार्थी छन् ।  

त्रिविका गोल्ड मेडलिस्टमा ६० प्रतिशत छात्रा 

विद्यालयदेखि उच्च शिक्षामा संख्यात्मक रूपमा मात्र होइन उत्कृष्टताका हिसाबले पनि छात्रा अगाडि छन् । गत पुसमा त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको त्रिविको ४५औँ दीक्षान्त समारोहमा गोल्ड मेडल छात्राले धेरै पाए । विभिन्न संकाय र अध्ययन संस्थानअन्तर्गतका विषयमा गोल्ड मेडल प्राप्त गर्नेमध्ये ६० प्रतिशत छात्रा थिए ।

विद्यालयदेखि उच्च शिक्षामा संख्यात्मक रूपमा मात्र होइन उत्कृष्टताका हिसाबले पनि छात्रा अगाडि छन् । गत पुसमा त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको त्रिविको ४५औँ दीक्षान्त समारोहमा गोल्ड मेडल छात्राले धेरै पाए ।

समग्रमा उच्च शिक्षामा छात्राहरूको संख्या मात्र बढेको नभइ उत्कृष्ट हुने पनि छात्राको संख्या बढ्दो छ । सो अवसरमा वितरण गरेको ३१ दीक्षान्त पदक तथा पुरस्कारमध्ये १८ वटा छात्राले प्राप्त गरेका छन् । स्नातकदेखि एमफिलसम्म छात्राले नै बढी पदक जित्न सफल भएका छन् । 

एमफिल तहमा ०७५ सालको दीक्षान्त पदक सिर्जना पहारीले प्राप्त गरेकी छिन् । जनप्रशासन केन्द्रीय विभागमा अध्ययन गरेकी उनले त्रिवि प्राध्यापक संघ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक प्राप्त गरेकी हुन् । यो पदक व्यवस्थापन संकायअन्तर्गत एमफिल तहमा अध्ययरत सर्वोत्कृष्ट अंक प्राप्त गर्नेलाई दिने व्यवस्था छ । उनले ३.७५ सिजिपिए प्राप्त गरिन् । स्नातकोत्तर तहमा ०७२ सालको दीक्षान्त पदक प्राप्त गर्ने पनि छात्रा छन् ।

स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत एमबिए तहमा सर्वोत्कृष्ट अंक प्राप्त गरी मीरा ज्ञवालीले इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक प्राप्त गरेकी छिन् । त्यसैगरी, स्नातकोत्तर तहमा ०७३ सालको दीक्षान्त पदक एवं पुरस्कार पाउने छात्राहरूमा संगीना महर्जनले दुईवटा पदक प्राप्त गरेकी छिन् । यसैगरी, विर्सना खड्का, गाथा रिजाल, अस्मिता खड्का, प्रनिता पौड्याल, विमला नेपाल, सोनिका लामिछानेले पदक प्राप्त गरे ।  

स्नातक तहमा ०७४ सालको दीक्षान्त पदक तथा पुरस्कार १० जनाले प्राप्त गरेकामा ८ छात्रा थिए । एलिसा खरेल, अन्जना शर्माले दुई-दुई पदक प्राप्त गर्न सफल छन् । स्वाती आचार्य, अनिता मगर, कृपा श्रेष्ठ, अनिता भण्डारीले स्नातक तहमा ०७४ सालको दीक्षान्त पदक पाएका छन् । 

छात्रामा लगनशीलताको मात्रा बढी छ : प्रा.डा. सुधा त्रिपाठी, पूर्वशिक्षाध्यक्ष, त्रिवि

महिलामा चेतनको स्तर निकै बढेको छ । चेतनाको वृद्धिले पढ्ने संख्या बढ्यो । पढेपछि राम्रो गर्नुपर्छ भन्ने भावना हुँदा छात्राहरू उत्कृष्ट साबित हुँदै आएका छन् । पुरुषहरूलाई हाम्रो हैसियत छ भन्ने भावना भएको हुनुपर्छ, तर छात्राले हैसियत निर्माणका लागि मिहिनेत गरे । यसले छात्राले अवसर पाउँदा गर्न सक्छन् भन्ने पनि पुष्टि भयो । लगनशीलताको मात्रा पनि धेरै छ ।