मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस काठमाडौं
२०७६ फाल्गुण २४ शनिबार १२:५७:००
Read Time : < 1 मिनेट
समाचार

पश्चिमी वायुको प्रभावले देशभर वर्षा

Read Time : < 1 मिनेट
रासस काठमाडौं
२०७६ फाल्गुण २४ शनिबार १२:५७:००

पश्चिमी वायुको प्रभावले शनिबार उपत्यकासहित देशभर बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार शुक्रबारदेखि नेपाल प्रवेश गरेको उक्त वायुको प्रभावले देशैभरि वर्षा भएको हो ।

अइतबारदेखि मौसम क्रमशः सुधार हुँदै जाने मौसमविद्को भनाइ छ । हाल देशका पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली भई देशको पश्चिमी भूभागका केही स्थानलगायत मध्य र पूर्वी भूभागमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । 

आइतबार पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक÷दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको औँल्याइएको छ ।  

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको तथा यसका साथै उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा शून्य दशमलव आठ मिलिमिटर वर्षा भएको छ । त्यस्तै सबैभन्दा धेरै नेपालगञ्जमा ९५ दशमलव शून्य मिलिमिटर वर्षा भएको छ ।