मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ फाल्गुण २४ शनिबार ११:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

मनाङमा  हिमपात, बेमौसमी हिमपातले किसान खुसी

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण २४ शनिबार ११:४७:००

मनाङमा फागुनको अन्तिम साता भइसक्दा पनि हिमपात भइरहेको छ । नेपालकै महत्वपूर्ण पर्यटक मार्ग अन्नपूर्ण पदमार्गमा पर्ने मनाङ जिल्लामा हिमपात भएसँगै चिसो बढेको छ । 

 जिल्लाका अधिकांश ठाउँमा शनिबार बिहानैदेखि हिउँ परेको मनाङका प्रमुख जिल्ला अधिकारी पुस्पराज पौडेलले बताए ।मनाङको माथिल्लो भेग नार, फु , खाङसार संगै मनाङ र चामेमा समेत बाक्लो हिमपात भएको शसस्त्र प्रहरी बल  नेपाल  नम्बर  ३२ गुल्म मनाङका इन्स्पेक्टर सुवास थापाले बताए । उनका अनुसार चामेस्थित  विभिन्न सरकारी कार्यालय परिसरमा बाक्लै हिउँ जमेको छ ।

बेमौसमी हिउँ परेसँगै चिसो समेत बढेको छ । हिमपातका कारण जनजीवन कष्टकर भएको  छ ।  हिमपातसँगै दानक्युदेखि चामेसम्म सवारीसाधन आवतजावत गर्न सकेको छैन । हिमपातले कृषक भने खुसी  भएका छन् । बेमौसमी हिउँले उत्पादन बढ्ने कृषक बताउँछन्  ।