सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २६ शुक्रबार
  • Friday, 10 July, 2020
२०७६ फाल्गुण २४ शनिबार १०:२३:००
समाचार

चट्याङ लागेर श्रीमानको मृत्यु श्रीमती घाइते

२०७६ फाल्गुण २४ शनिबार १०:२३:००

शनिबार विहान बर्षासँगै परेको चट्याङ लागेर मकवानपुरको भिमफेदी गाउँपालिका-९ मा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। भिमफेदी-९ च्याउखोलामा चट्याङ लागेर २३ वर्षीय विजय स्याङ्ताङको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टिका बहादुर कार्कीले जानकारी दिए।

उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो। त्यसैगरी घाइते हुनेमा विजयकी श्रीमती २२ वर्षीया सविता स्याङ्ताङ रहेको प्रहरीले जनाएको छ । घाइते सविताको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। सुतिरहेको अवस्थामा विहान ४:३० बजेतिर चट्याङ लागेको प्रहरीले जनाएको छ ।