मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २३ शुक्रबार १५:२६:००
Read Time : < 1 मिनेट
समाचार

घुस लिएको आरोपमा सशस्त्रका इन्सपेक्टरविरुद्ध मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २३ शुक्रबार १५:२६:००

सशस्त्र प्रहरी बल (बीओपी) टांघनडुब्बा झापामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईंविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। उनले व्यापार व्यवसायमा सहजीकरण गरिदिने नाममा सेवाग्राहीसँग ५० हजार रुपैयाँ लिएको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ मा उल्लेख भएबमोजिम ऐनको दफा ३ को उपदफा (१०) र दफा ३ को उपदफा (१०) को खण्ड (ख) बमोजिम हुने सजायको आधा सजाय हुन मागदाबी लिर्इ आरोप पत्र दायर गरिएको छ।