मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७६ फाल्गुण २३ शुक्रबार १२:०६:००
Read Time : < 1 मिनेट
विश्व

टोर्नाडोपीडितलाई गायिका टेलर स्विफ्टकाे ११ करोड राहत

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ फाल्गुण २३ शुक्रबार १२:०६:००

अमेरिकाको टेनेसीमा आएको टोर्नाडोपीडितलाई विश्व चर्चित अमेरिकी गायिका टेलर  स्विफ्टले ११ करोडभन्दा बढी रुपैयाँ (१० लाख अमेरिकी डलर) राहत प्रदान गरेकी छन् ।

राहत प्रदान गर्नुभन्दा २ दिनअघि उनले ट्वीटरमार्फत साहस र धैर्यताको कामना गरेकी थिइन् । टेलरको घरपनि टेनेसीको नासभेली सहरमा पर्छ ।
टोर्नाडोका कारण त्यहाँ कयौं बस्तीहरु सखाप भएका छन् । बिहीबार इन्स्टाग्राममा पोष्ट गर्दै स्विफ्टले आफ्ना फ्यान, फ्लोअरहरुलाई सहयोगका लागि आग्रह गरेकी छन् ।

उनले अन्य देशका ठूला–ठूला कलाकारहरुलाई समेत सहयोगको आग्रह गरेकी छन् । मंगलबार टेनेसीमा आएको टोर्नाडोका कारण २५ भन्दा बढी ज्यान गएको छ । दजनौं परिवार घरबारविहीन भएका छन् ।