१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस
२०७५ माघ ६ आइतबार १६:४५:००
Read Time : < 1 मिनेट
समाचार

सोमबारदेखि स्वस्थानी व्रत कथा सुरु

Read Time : < 1 मिनेट
रासस
२०७५ माघ ६ आइतबार १६:४५:००

पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने स्वस्थानी व्रत सोमबारदेखि सुरु हुने भएकाे छ । स्वस्थानी व्रत बसेर कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएकाे छ । यसै अवसरमा महिनाभरि साँखुस्थित शालिनदीमा मेला लाग्ने गर्दछ ।

यस वर्षको मेला माघ ७ गते सामेबारदेखि सुरु हुने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । व्रतको सुरुवात आइतबार बेलुकी माधवनारायणका पुजारीबाट जल लिएर गरिने समिति अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले जानकारी दिए ।

यस अवसरमा राजधानीदेखि १७ किलोमिटर उत्तरपूर्वको प्राचीन नगर शङ्करापुर साँखुस्थित शालिनदीमा पूजा तथा स्नान गर्नेको घुइँचो लाग्ने गर्दछ । पार्वतीले स्वस्थानीको व्रत बसेर महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धारका लागि महादेवकै स्वीकृतिमा उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको कथामा उल्लेख छ ।