मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २२ बिहीबार २१:५२:००
Read Time : < 1 मिनेट
विश्व

इरानमा अप्रिलसम्म विद्यालय बन्द हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २२ बिहीबार २१:५२:००

इरानमा बिहीबार मात्रै कोरोना भाइरसको संक्रमणबाट १५ जनाको ज्यान गएको छ । २४ घन्टाभित्र पाँच सय ९१ जना नयाँ संक्रमित भेटिएका छन् । योसँगै इरानमा अहिलेसम्म एक सय सात जनाको मृत्यु भएको छ भने तीन हजार पाँच सय १३ मा संक्रमण देखिएको छ ।

बिहीबारसम्म २३ हजार तीन सय २७ जनाको परीक्षण गरिएकोमा तीन हजार पाँच सय १३ मा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले बताएका छन् । इरानका कोम, तेहरान, जिलान र एस्फाहन क्षेत्र बढी प्रभावित छन् ।

यसैबीच, इरान सरकारले अप्रिलसम्म विद्यालय तथा विश्वविद्यालय सबै बन्द गर्ने निर्णय गरेको छ । इरानीहरूको नयाँ वर्ष नवरुजसम्म विद्यालय बन्द हुने भएको छ । स्वास्थ्यमन्त्रीले सर्वसाधारणलाई नोटहरूको प्रयोग पनि कम गर्न आग्रह गरेका छन् ।