१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २२ बिहीबार २०:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

जनतालाई खुसी पार्न नसके समाजवाद र कम्युनिस्ट पार्टी टिक्दैन : नेता नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २२ बिहीबार २०:२९:००

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जनतालाई खुसी पार्न नसके समाजवाद र कम्युनिस्ट पार्टी नटिक्ने बताएका छन् ।

मदन भण्डारी फाउन्डेशन सामाजिक अभियान विभागले काठमाडौंमा आयोजना गरेको ‘मदन भण्डारी छलफल शृङ्खला –५, नेपाली कम्युनिस्ट आन्दोलनमा जनताको बहुदलीय जनवाद’ कार्यक्रममा बोल्दै नेता नेपालले कम्युनिस्ट पार्टी रहनको लागि जनता खुसी हुनुपर्ने बताएका हुन् ।

‘आफ्नो देशका जनतालाई खुसी पार्न सकिएन भने त्यो समाजवाद पनि टिक्दैन, कम्युनिस्ट पार्टी पनि टिक्दैन, त्यो लोकप्रीय पनि हुँदैन,’ उनले भने, ‘जुन आफ्नो समाजमा जनताको बीचमा जनताको मन र भावनालाई जित्न सक्नुपर्छ । त्यो मन र भावनालाई बुझ्नालाई फेरिपनि मुल कुरा भनेको उही जनता नै केन्द्र हो ।’

उनले २१ औं सताब्दीको जनवादले प्रतिस्पर्धामा श्रेष्ठताको सिद्धान्तलाई अंगिकार गरेको समेत बताए । नष्ट पार्टीका नेताले सर्वाहरा वर्गको नारा दिएर मात्र नहुने र आफुलाई प्रतिस्पर्धामा श्रेष्ठता कायम गर्न सक्नुपर्ने बताए ।

उनले समाजवादका राम्रा पक्षलाई लिएर पश्चिम युरोपका केही मुलुकले ठूलो उपलब्धी हासिल गरिसकेको तर समाजवाद मान्नेहरुले पूँजीवादका राम्रा पक्षलाई लिन नसक्दा अझैपनि संघर्ष गरिरहनु परेको बताए ।

जनतासँग एकाकार हुनु, जनताको भाषा बुझ्नु र बोल्नु जनताको भावनासँग सँधै जोडिनु र सम्मान गर्नु, जनतालाई सचेत गाग्रित, संगठित र परिचालित गर्नु जनतामाथि असिम भरोसा गर्नु नै जनताको बहुदलीय जनवादको मुल पक्ष भएको उनकाे भनाई थियाे ।

उनले सुनसान र स्तब्ध निरास वातावरणबीच उत्पन्न दुविधालाई समाप्त पार्दै जवज लाइटहाउसको रुपमा विकास भएको समेत बताए ।