मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ फाल्गुण २२ बिहीबार १७:१९:००
Read Time : < 1 मिनेट
समाचार

राधेराधेमा भेटियो मानव कंकाल

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण २२ बिहीबार १७:१९:००

मध्यपुरथिमि नगरपालिका-४, राधेराधेमा सर्भिस ट्रयाकसँगै रहेको झाडीमा मानव कंकाल भेटिएको छ । सशस्त्र प्रहरीको पूरानो पेट्रोलपम्पको पूर्वपट्टि झाडीमा बनेको खाली जग्गा फँडानी गर्नेक्रममा मानव कंकाल भेटिएको हो ।

महानगरीय प्रहरी वृत्त ठिमीका डिएसपी शान्तिराज कोइरालाका अनुसार मानव कंकालमा पुरुषको लुगा, टाउको र अन्य शरीरका अंगहरुको टुक्रा भेटिएको छ । कंकाल कसको भन्नेबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

घटनास्थलमा शिक्षण अस्पताल महाराजगञ्जको फोरेन्सिक मेडिसिन ल्याबका चिकित्सकको टोली आएर अनुसन्धान सुरु गरेको छ । थप अनुसन्धानका लागि कंकाल शिक्षण अस्पताल लगिएको डिएसपी कोइरालाले बताए ।