१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी काठमाडाैं
२०७६ फाल्गुण २२ बिहीबार १६:२९:००
Read Time : < 1 मिनेट
विश्व

राष्ट्रपतिको आलोचना गरेपछि संसदमै कुटिए टर्कीका सांसद

Read Time : < 1 मिनेट
एजेन्सी काठमाडाैं
२०७६ फाल्गुण २२ बिहीबार १६:२९:००

राष्ट्रपतिको आलोचना गरेपछि टर्कीका एक सांसद संसदमै कुटिएका छन्। संसद बैठकमा विपक्षी दलका सांसदले राष्ट्रपति रिसेप एर्दोगानको आलोचना गरेपछि सांसदहरुबीच झगडा भएको थियो । 

सांसद एन्जिन ओजकोकले राष्ट्रपति एर्दोगानको सिरियाको इडलिबमा गत साता मारिएका ३४ सैनिकको अपमान गरेको भन्दै बैठकै क्रममा कडा आलोचना गरेका थिए । 

ओजकोकले एर्दोगानलाई ‘बेइमान, अज्ञानी, नीच र विश्वासघाती’ भनेका थिए । उनले राष्ट्रपतिबारे बोलेपछि केही सांसदले ओजकोकमाथि मुड्की प्रहार गरेका थिए । केहीले झगडा रोक्न खोजिरहेका थिए, झगडाको क्रममा कतिपय सांसदहरु भुइँमै लडेका टर्कीको टेलिभिजन हाबरर्तुकले जनाएको छ । 

राष्ट्रपतिको आलोचना गर्ने ओजकोक रिपब्लिकन पिपल्स पार्टीका सांसद हुन्। उनले राष्ट्रपतिविरुद्ध लड्न टर्किस जनतालाई बालबालिका पठाउन आग्रहसमेत गरेका थिए । 

टर्कीले सन् २०१८ मा रसियासँग सम्झौतापछि त्यस क्षेत्रबाट सिरियाली फौज हटाउन खोजिरहेको छ र अहिलेसम्म त्यहाँ १२ वटा निगरानी चौकी स्थापना गरेको छ । प्रतिपक्षी दलले भने सिरियाली युद्धलाई लिएर सरकारको आलोचना गर्दै आइरहेको छ । 

यतिबेला टर्कीले सिरियामाथि आक्रमण गर्न सुरु गरेदेखि ५४ जना सैनिक मारिइसकेका छन् भने १० लाखभन्दा बढी मानिस इडलिब छोडेर टर्की पसेका छन्। बिहीबर रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र एर्दोगानबीच युद्धविराम गर्ने विषयमा वार्ता पनि हुनेछ ।