१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ फाल्गुण २२ बिहीबार १५:३३:००
Read Time : < 1 मिनेट
समाचार

भैलीबाट उठेको रकम सामाजिक काममा खर्चियो

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण २२ बिहीबार १५:३३:००

डोल्पाको ठुलिभेरी नगरपालिका ४ तिप्ला गाँउका युवाहरुले भैली खेलेको रकम सामाजिक काममा प्रयोग गरेका छन् ।

पहाडका क्षेत्री समुदायको प्रसिद्ध पर्वको रुपमा रहेको चैतीमा भैलो खेलेर उठाएको १ लाख ३० हजार रकम भोज भतेरमा खर्च नगरेर बिभिन्न सामाजिक प्रयोग गरेका हुन् ।

स्थानीय युवाहरुले भैलोबाट उठेको रकमले सदरमुकाम दुनैबाट तिप्ला गाउँ जाने बिच बाटोमा नमुना चौतारा निर्माण गरेका छन् । त्यसैगरी लामो समयदेखि पानी नआएको धारा मर्मत, गाँउकै लालिगुराँस आधारभुत बिद्यालयका ४० जना बिद्यार्थीलाई कापी कलम लगायतका शैक्षिक सामाग्री बितरण र विपन्न ज्येष्ठ नागरिकलाई ज्याकेट बितरण गरेका हुन् ।

दुनै र तिम्ला गाँउको बिचमा बनाइएको चौतारोबाट उकाली ओराली गर्ने स्थानीय, भरिया, कर्मचारी लगायत आवत जावत गर्नेलाई सितलता प्रदान गरेको स्थानीय युवा बिर्खबहादुर रोकायले बताए । 

चैती पर्वको अवसरमा प्रत्येकका घरमा जमरा उमार्ने, घरघरमा पुगेर नाच नाच्ने, भैलो खेल्ने, मिठो मसिने परिकार बनाई खाने प्रचलन रहेको छ ।