मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तिवारी यादव वीरगन्ज
२०७६ फाल्गुण २२ बिहीबार ०६:१८:००
Read Time : < 1 मिनेट
अर्थ

वाणिज्य बैंकको ‘आरबिबी इम्पावरमेन्ट एकेडेमी’ वीरगन्जमा

वित्तीय क्षेत्रमा आउन चाहने युवालाई निःशुल्क बैंकिङ तालिम 

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण २२ बिहीबार ०६:१८:००

राष्ट्रिय वाणिज्य बैंकले स्नातक तहमा अध्ययरत तथा अध्ययन पूरा गरी बैंकिङ क्षेत्रमा रोजगारीको खोजीमा रहेका युवाका लागि तालिम प्रदान गर्ने भएको छ । बुधबार बैंकले पत्रकार सम्मेलन गरी प्रदेश नम्बर २ का युवालाई लक्षित गरी तीनदिने तालिमको आयोजना गर्न लागेको जनाएको छ । 

बैंकका वीरगन्ज शाखा प्रमुख सन्तोष श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले आरबिबी इम्पावरमेन्ट एकेडेमीअन्तर्गत बैंकिङ क्षेत्रमा आफ्नो भविष्यको सपना देखेका प्रदेश २ का युवालाई लक्षित गरी तीनदिने तालिमको आयोजना गर्न लागेको बताए । 

तालिम लिन इच्छुकले बुधबारदेखि ३० फागुनसम्म राष्ट्रिय वाणिज्य बैंकको वेबसाइटमार्फत नि:शुल्क फाराम भर्न सक्ने व्यवस्था गरिएको उनले बताए । बैंकका डेपुटी सिइओ कविराज अधिकारीले सबै जिल्लामा शाखा रहेको राष्ट्रिय वाणिज्य बैंकले यसअघि प्रदेश नम्बर १ र बागमतीमा ‘आरबिबी इम्पावरमेन्ट एकेडेमी’ सफलतापूर्वक सम्पन्न गरेको बताए । वीरगन्जमा ७ चैतदेखि ९ गतेसम्म तालिम आयोजना गर्न लागेको उनले बताए । तालिममा प्रदेश दुईका २८ वर्षसम्मका उमेर समूहका युवालाई मात्रै समावेश गरिने उनको भनाइ छ । 

तालिमपश्चात् इन्टर्नसिपको अवसरसमेत प्रदान गरिने बैंकले जनाएको छ । तालिममा सहभागीमध्ये ५० जनालाई निश्चित भत्तासहितको इन्टर्नसिपको अवसरसमेत प्रदान गर्ने बताइएको छ ।