Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २१ बुधबार १८:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

वामदेव नै राष्ट्रिय सभामा मनोनित हुनेमा विश्वस्त छु : प्रवक्ता श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २१ बुधबार १८:०६:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपाध्यक्ष वामदेव गौतम छिट्टै राष्ट्रियसभा सदस्यका लागि मनोनित हुने विश्वास व्यक्त गरेका छन् । 

संघीय संसद भवनबाहिर बुधबार पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारबाट फर्केपछि मनोनयनका लागि सिफारिस हुने विश्वास व्यक्त गरे ।

‘प्रधानमन्त्री उपचारका क्रममा भएकाले बुधबारसम्म मनोनयनका लागि कुनै निर्णय भएन् । त्यसैगले अहिले केही भन्न सकिएन । उहाँ उपचारबाट फर्केपछि सिफारिस गर्नुहुन्छ’, श्रेष्ठले भने् । 

युवराज खतिवडालाई अर्थमन्त्रीमा सिफारिस गर्न मिल्ने तर गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्न नमिल्ने किन ? भन्ने पत्रकारहरुको प्रश्नमा उनले प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्ने विश्वास व्यक्त गर्दै अनावश्यक बहस नगर्न आग्रह गरे ।

‘आफैं बसेर भएको पार्टीको निर्णय लागु गर्नुहुन्न भनेर जसरी प्रचार भएको छ,’ उनले भने, ‘त्यसप्रति विश्वास छैन । अध्यक्षले औपचारिक रुपमा कुनै त्यस्तो टिप्पणी गर्नुभएको छैन । त्यसैले पार्टीको निर्णय कार्यान्वयन हुन्छ । यसमा अनावश्यक टिप्पणी गर्न जरुरी छैन ।’

राष्ट्रियसभामा २ वर्ष कार्यकाल पुरा भएका १८ सदस्यहरुको निर्वाचित सदस्यहरुले बुधबार सपथ लिएका छन् । तर मन्त्रिपरिषद्को सिफारीसमा राष्ट्रपतिबाट एक जना मनोनयन हुन बाँकी छ । मनोनित हुनेमा नेकपाले उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।