मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ फाल्गुण २१ बुधबार १७:४५:००
Read Time : < 1 मिनेट
समाचार

रोल्पामा नगर पुस्तकालय स्थापना

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण २१ बुधबार १७:४५:००

रोल्पाको लिबाङमा नगर पुस्तकालय स्थापना गरिएको छ । बुधबार पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराले पुस्तकालयको उद्घाटन गरेका छन् ।
    
हरेक स्थानीय तहमा एक पुस्तकालय अवधारणा अनुरुप नगरपालिकाले जिल्लामै पहिलो पटक पुस्तकालय स्थापना भएको हो ।

पुस्तकालय उद्घाटन गर्दै पूर्वसभामुख महराले आफूसँग पनि केही पुस्तक भएको र नगर पुस्तकालयलाई हस्तान्तरण गर्ने बताए । ‘मैले आफैले एउटा पुस्तकालय बनाएर पुस्तक व्यवस्थापन गर्ने सोचेको थिएँ’ महराले भने, ‘अब व्यक्तिगत बनाउँदै यसैमा ल्याएर हस्तान्तरण गर्छु ।’ महराले आफूले दुईवटा किताबको पाण्डुलिपि तयार पारेको बताए । कारागारमा बस्दा विविध विषयमा दुई किताब तयार बनाएको र छिट्टै प्रकाशनमा आउने महराले जानकारी दिए ।

जिल्लामा पुस्तकालय अभावका कारण पढ्ने वातावरण नहुने तथा साहित्यिक कार्यक्रम गर्न समेत कठिन भएको सन्दर्भलाई मध्यनजर गर्दै नगर पुस्तकालयको थालनी गरिएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए । पुस्तकालयमा कार्यक्रम समेत गर्न सकिने छ भने वाइफाइको समेत व्यवस्था गरिएको छ ।

नगरपालिकाले स्थापना गरेको पुस्तकालयले जिल्लाका साहित्यकारहरुलाई समेत सहयोग पु¥याउने भन्दै साहित्यकार डी.बी. टुहुरोले नगर पुस्तकालयलाई अझै व्यवस्थित बनाउन आफूहरुले समेत किताब संकलन तथा हस्तान्तरण गर्ने बताए ।

भर्खर स्थापना गरिएकाले किताबको संख्या कम भएपनि विस्तारै वृद्धि गर्दै जाने नगरप्रमुख केसी बताउँछन् । नगर पुस्तकालय भवनका लागि नगरपालिकाले आर्थिक व्यवस्थापन गरेको थियो भने लिबाङमा रहेको नेपाली सेनाको खड्गदल गणले श्रम सहयोग गरेको थियो । पुस्तकालय स्थापनासँगै जिल्लास्थित विभिन्न व्यक्तिहरुले पुस्तक सहयोग गरेका छन् ।