१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ फाल्गुण २१ बुधबार १५:३९:००
Read Time : < 1 मिनेट
समाचार

काव्यारोहणमा दार्जिलङका सुब्बा

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण २१ बुधबार १५:३९:००

काठमाडौंको गुरुकुल बन्द भए पनि काठमाडौंको शाखाको रुपमा रहेको विराटनगरस्थित आरोहण गुरुकुलले भने आफ्नो साहित्यिक कर्म जारी राखेको छ । 

आरोहण गुरुकुलमा यसपटक दार्जिलिङका कवि मनप्रसाद सुब्बाका कविता सुन्न पाइने भएको छ ।  रंगमञ्चसँगै पछिल्लो समय आरोहणले काव्यारोहण अर्थात् कविता वाचन पनि गरिरहेको छ ।

आरोहण गुरुकुलले गत मंसिरदेखि काव्यारोहण कार्यक्रम गर्दै आएको छ ।  काव्यारोहणका यसअघिका शृंखलामा बैरागी काइँला, तुलसी दिवस, वम देवान र मोमिलले कविता वाचन गरिसकेका छन् ।

मोफसलमा रहेर साहित्यिक कर्ममा तल्लीन गुरुकुलले गत वर्ष फागुनमा अन्तर्राष्ट्रिय नाटक महोत्वस पनि गरेको थियो । गुरुकुलले राजधानीको मण्डला थिएटरमा ‘महाभोज’ नाटक पनि मञ्चन गरेको थियो ।