मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २१ बुधबार १४:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

चाक्सीबारीमा पौडेल पक्षको भेला, प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २१ बुधबार १४:४८:००

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीले आगामी चैतमा गर्न लागेको क्रियाशील सदस्य प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने भएको छ । कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बुधबार बसेको पौडेल पक्षको भेलाले १४ औं महाधिवेशन प्रभावित गर्नेगरी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको भन्दै बहिष्कारको निर्णय गरेको हो । 

भेलामा सहभागी नेता सिंहले म्याद थपेर सहमतिमा महाधिवेशन कार्यतालिका प्रकाशित गर्न सफल भएको अवस्थामा फेरि महाधिवेशनलाई प्रभावित पार्न प्रशिक्षण कार्यक्रम गर्न लागिएकोले बहिष्कार गर्न लागेको बताए । ‘बल्लतल्ल सहमतिका आधारमा केन्द्रीय महाधिवेशन कार्यतालिका प्रकाशित गर्न सफल भएका छौं र केन्द्रीय महाधिवेशन थप गरेको समयमा पनि फेरि हुनेगरी हाम्रो ध्यान समग्र रुपमा केमा केन्द्रित हुनप-यो,’ सिंहले भने । 

आगामी १४ औं महाधिवेशनलाई १ वर्षको म्याद थपिसकेपछि त्यो थपेको समयभित्रै  केन्द्रीय महाधिवेशन निष्पक्ष तवरले सम्पन्न गराउनुपर्ने र त्यसो नभएकाले महाधिवेशनलाई प्रभावित गर्ने खालको कार्यक्रम भएको भन्दै बहिस्कार गरिएको उनले बताए । 

कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आगामी चैतमा पार्टीका क्रियाशील सदस्यहरुलाई प्रशिक्षण दिने समय तोकेपछि पौडेल पक्ष असन्तुष्ट भएको हो । कांग्रेसले ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रबाट १० हजार क्रियाशील सदस्यलाई प्रशिक्षण दिने तयारी गरेको हो । 

तर असन्तुष्ट पौडेल पक्षले भने केन्द्रीय महाधिवेशन नगराउने चलखेल भएको भन्दै बहिस्कार गर्ने निर्णय गरेको बताएको छ । भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, मीनेन्द्र रिजाल, अर्जुननरसिंह केसी र असन्तुष्ट केन्द्रीय सदस्यहरु तथा काठमाडौंमा उपलब्ध भएका जिल्ला सभापतिहरु र उपसभापतिहरुको सहभागिता थियो ।