मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी नयाँ दिल्ली
२०७६ फाल्गुण २१ बुधबार १४:०९:००
Read Time : < 1 मिनेट
विश्व

भारतीय प्रधानमन्त्री मोदीले होली नमनाउने 

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७६ फाल्गुण २१ बुधबार १४:०९:००

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले होली नमनाउने भएका छन् । उनले होली सम्बन्धी कुनै पनि समारोहमा सहभागी नहुने निर्णय बुधबार ट्वीटमार्फत सार्वजनिक गरेका हुन् । 

मोदीले विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण होली नमनाउने उल्लेख गरेका छन् ।  

मोदीले ट्वीटरमा भनेका छन, ‘कोभिड –१९ बाट बच्न विशेषज्ञहरुले सामूहिक भेला नगर्न सुझाव दिएका छन्, यसकारण मैले कुनैपनि होली मिलन कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छु ।'

Experts across the world have advised to reduce mass gatherings to avoid the spread of COVID-19 Novel Coronavirus. Hence, this year I have decided not to participate in any Holi Milan programme.

— Narendra Modi (@narendramodi) March 4, 2020

भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण २८ जनामा देखिएको छ । जसमा १६ जना विदेशी र १२ जना भारतीय नागरिक रहेका छन् । 

एक विद्यार्थीमा भाइरसको संक्रमण देखिएपछि नोएडाको एक विद्यालय नै बन्द गरिएको छ । प्रधानमन्त्री मोदीले मंगलबार पत्रकार सम्मेलनमा बोल्दै उत्पन्न परिस्थितिको डटेर सामना गर्न र नआत्तिन भारतीय जनतालाई आग्रह गरेका छन् ।