मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २१ बुधबार ०७:११:००
Read Time : < 1 मिनेट
अर्थ

नेपाल–बंगलादेश वाणिज्य वार्ता सुरु : पाँच विषयमा छलफल, दुई एमओयू हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २१ बुधबार ०७:११:००

नेपाल र बंगलादेशबीचको उच्चस्तरीय संयन्त्रणको पाँचौँ बैठक बंगलादेशको राजधानी ढाकामा मंगलबारदेखि सुरु भएको छ । वाणिज्य सचिवस्तरीय बैठकमा दुई देशबीचको व्यापार, पारबहन तथा लगानीका विषयमा छलफल हुनेछ । बैठक बुधबारसम्म चल्नेछ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वको ८ सदस्यीय नेपाली प्र्रतिनिधिमण्डल बैठकमा सहभागी छन् । बंगलादेशका तर्फबाट वाणिज्य सचिव डा. जफर उदिन नेतृत्वको टोलीले वार्तामा सहभागिता जनाएको छ । 

वार्तामा मुख्य पाँच विषयमा छलफल भइरहेको वार्ताटोली सदस्य एवं वाणिज्य मन्त्रालयका शाखा अधिकृत विशाल सापकोटाले बताए । त्यसमध्ये दुईवटा विषयमा एमओयूसमेत हुनेछ । ‘फुड सेफ्टी र टे«डिङ कर्पोरेसनसम्बन्धी विषयमा एमओयू हुनेछ,’ उनले भने । दुई देशबीच सहुलियतपूर्ण व्यापार सम्झौता  (प्रिफेरियन्सियल टे«ड एग्रिमेन्ट (पिटिए)का लागि दुवै पक्ष सकारात्मक देखिएका छन् ।