मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २१ बुधबार ०६:११:००
Read Time : > 1 मिनेट
अर्थ

एनआइसी एसिया बैंकमा मुद्दती खाता खोल्दा २१ लाखको बिमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २१ बुधबार ०६:११:००

एनआइसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदरसँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिएको छ । बैंकले सञ्चालन गरेको न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । 

यसअघि विभिन्न आकर्षक सुविधा दिँदै आएको बैंकको व्यक्तिगत मुद्दती खाताका ग्राहकका लागि तीन विभिन्न अतुलनीय बिमा सुविधा दिएको छ । बैंकले ग्राहकको जीवनमा आइपर्ने अकल्पनीय जोखिमको भर्पाई गर्न २१ लाख रुपैयाँसम्मको चामत्कारिक बिमा सुविधा दिएको जनाएको छ । सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रूपमा अशक्त भएमा १० लाख रुपैयाँसम्मको बिमा सुविधा उपलब्ध हुनेछ । यस्तै, ग्राहकले १८ घातक रोगका लागि १० लाख रुपैयाँसम्म र १ लाख रुपैयाँसम्मको औषधोपचार बिमा सुविधासमेत पाउनेछन् । 

योजनाअन्तर्गत १ सय २ जनाले लिए सुविधा 
बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले सुविधाअन्तर्गत ६० लाख रुपैयाँभन्दा बढीको बिमा रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ । बैंकमा मुद्दती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दती योजना रहेको बैंकको दाबी छ । बैंकले एभरेस्ट इन्स्योरेन्ससँग सहकार्य गरी बिमा सुविधा दिँदै आएको हो । बैंकको योजनाअन्तर्गत ग्राहकले जति बढी बचत गर्छन् उत्ति नै बढीको बिमा सुविधा पाउने बैैंकले जनाएको छ ।

योजनाअन्तर्गत न्यूनतम १ लाख वा सोभन्दा बढीको मुद्दती निक्षेप खातामा १२ लाख ५० हजार रुपैयाँसम्म बिमा सुविधा प्राप्त हुनेछ । खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रूपमा अशक्त भएमा १० लाख रुपैयाँसम्मको बिमा सुविधा दिएको छ । यस्तै, ग्राहक महानुभावले १८ घातक रोगका लागि २ लाख रुपैयाँसम्म र ५० हजार रुपैयाँसम्मको औषधोपचार बिमा सुविधासमेत पाउनेछन् । 

योजनाअन्तर्गत बैंकले ९ दशमलव २५ प्रतिशत ब्याजदर तोकेको भए पनि खाता सञ्चालन गरेकै शाखाका तर्फबाट शून्य दशमलव २५ प्रतिशत ब्याज थपिदिने जनाइएको छ ।