१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
बन्दका कारण सुनसान बनेकाे कैलाली बजार
नयाँ पत्रिका कैलाली
२०७६ फाल्गुण २० मंगलबार १७:५४:००
Read Time : < 1 मिनेट
समाचार

थरुहट राष्ट्रिय मोर्चाका ३ कार्यकर्ता प्रहरी नियन्त्रणमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कैलाली
२०७६ फाल्गुण २० मंगलबार १७:५४:००

कैलालीमा बजार बन्द गराउँदै हिँडेका ३ जना थरुहट राष्ट्रिय मोर्चाका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मोर्चाका नेता तथा कार्यकर्ता प्रेमा चौधरी, फोनिराम चौधरी, सन्तोष कुश्मीलाई प्रहरीले मंगलबार दिउँसो धनगढीबाट नियन्त्रणमा लिएको मोर्चाका कैलाली संयोजक माधव थारूले बताए ।

रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेलगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ ।

आफूहरुको माग सम्बोधनमा सरकार गम्भीर नबनेकोले बन्दको आह्वान गर्दै सरकारलाई दबाब दिन कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङ बुधबारसम्म बन्दको घोषणासहित आन्दोलन भइरहेको छ ।