मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २० मंगलबार १५:४६:००
Read Time : < 1 मिनेट
अर्थ

'लाइसेन्स होल्ड' गर्नेमाथि निर्मम कारबाही गर्न मन्त्री खतिवडाको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २० मंगलबार १५:४६:००

अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले दुरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न नपाइने बताएका छन् । 

नेपाल दुरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले लाइसेन्स होल्ड गर्नेमाथि निर्मम ढंगले कानूनी अधिकार प्रयोग गरी अगाडि बढ्न प्राधिकरणलाई निर्देशन दिए ।  

उनले सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने र कारबाही गर्न खोज्दा अदालत जाने प्रवृति राष्ट्रिय रोगको रुपमा देखा परेको बताए । 

‘सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने सेवा प्रदान नगर्ने ओगटने अनि तिमीले गरेका कामहरु छिटो छरितो सम्पन्न गर भन्दा अदालत गुहार्न जाने यो कुराको पनि अव अन्त्य हुनुुपर्छ । लाइसउेन्स होल्ड गर्ने कुरा अन्यत्र छ भन्ने सुनेको थिए अहिले केही दिनदेखि  सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालि रहँदा यहाँ पनि त्यो प्रवृति रहेछ ।’ उनले भने ‘यो त राष्ट्रिय रोग पो भएको रहेछ, यसको पनि अव अन्त्य हुनुपर्छ । यसरी हुँदैन ।’

दुरसञ्चारको फ्रिक्वेन्सी तोक लगाएर बाँडिने गरेको र कुनै बेला टेलिफोनको तोक लगाउन आफु मन्त्रीकोमा पुगेको स्मरण गर्दै मन्त्री  खतिवडाले त्यो युगको अन्त्य गर्नुपर्ने बताए । 

उनले राज्यलाई फाइदा नहुने गरी मुख हेरेर, दबाब हेरेर काम गरे नियामक निकायको भूमिकामा प्रश्न उठने समेत बताए । उनले अबको सेवा भ्वाइसमा भन्दा डेटामा बढि केन्द्रीत हुनु पर्ने बताए । 

प्राधिकरणको व्यवसायीक काममा मन्त्रालयले हस्तक्षेप नगर्ने तर मन्त्रालयप्रति प्राधिकरण जवाफदेही हुनुपर्ने मन्त्री खतिवडाले बताए । जवाफदेहीता बिनाको स्वायत्तता अराजकता हुने भन्दै त्यसमा सचेत भएर काम गर्न उनले निर्देशन दिए ।