मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडा‌ैं
२०७६ फाल्गुण २० मंगलबार १३:१७:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना भाइरस प्रकोप : ट्विटरका कर्मचारीहरुलाई घरबाटै काम गर्न आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडा‌ैं
२०७६ फाल्गुण २० मंगलबार १३:१७:००

कोरोना भाइरसको संक्रमण कम गराउने उद्देश्यले ट्विटरले आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गर्न आग्रह गरेको छ । कम्पनीले हङकङ, जापान र दक्षिण कोरियामा ट्विटरका कर्मचारीहरुलाई घरबाटै काम गर्न अनिवार्य भनेको छ ।

कम्पनीले विश्वभरका करिब ५ हजार कर्मचारीहरुलाई सम्भव भएकाहरुले घरबाटै काम गर्न आग्रह गरेको छ ।

सोमबार ब्लग पोष्टमार्फत ट्विटरले कोरोना भाइरसको संक्रमण फैलिनबाट कर्मचारी र सबैको स्वास्थ्यलाई प्राथमिकता दिंदै यस्तो निर्णय गरेको बताएको छ ।
त्यस्तै कम्पनीले अत्यावश्यक बाहेकका अन्य व्यापारिक गतिविधी, सम्मेलन एवं गोष्ठी गर्न समेत रोक लगाएको छ ।

कम्पनीको मानव संशाधन शाखाकी प्रमुख जेनिफर क्रिस्टीले ‘आफ्नो उद्देश्य कर्मचारी र विश्व माझ कोभिड – १९ को संक्रमण कम गराउन मद्दत गर्नु’ रहेको बताएकी छन् ।

यद्यपी ट्विटरले यस अघिदेखि नै कर्मचारीहरुले घरबाट अथवा जहाँ सुकै रहेको अवस्थामा पनि काम गर्न सक्ने वातावरण बनाउनेतर्फ ध्यान दिंदै आएको थियो । कम्पनीका कोरोना भाइरसले सृजना गरे पछि लिइएको यस कदम अर्काे ठूलो उपलिब्ध पनि हुन सक्ने ठानिएको छ ।