मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ फाल्गुण १९ सोमबार २०:२७:००
Read Time : < 1 मिनेट
समाचार

कांग्रेसबाट विजयी वडाध्यक्ष नेकपामा प्रवेश

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण १९ सोमबार २०:२७:००

बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका-५ का वडाध्यक्ष नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । कांग्रेसबाट विजयी भएका वडाध्यक्ष करवीर बाेहरा साेमबार नेकपामा प्रवेश गरेका हुन् । 

नेकपाकाे सुदूरपश्चिम प्रदेशको कार्यकर्ता भेलामा कांग्रेसबाट विजयी वडाध्यक्ष बोहरा नेकपामा प्रवेश गरेकाे गाउँपालिकाका अध्यक्ष प्रेम बोहराले जानकारी दिए । कांगेस देशमुक्त हुने सम्भावना भएको र देशको नेतृत्व नेकपाले गर्ने देखिएकाले यस्ताे निर्णय गरेकाे वडाध्यक्ष बोहराले बताए ।

विसं २०७४ मा कांग्रेसको तर्फबाट विजयी भएका बाेहाेरा नेकपाको कार्यकर्ता भेलामा पार्टी प्रवेश गरेकाे नेकपाका नेता नरेन्द्र खडकाले बताए ।