मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर
रमेश दवाडी काठमाडौं
२०७६ फाल्गुण १९ सोमबार १८:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पौडेलेको असहमतिकाबीच देउवाले ताेके थप सात विभागका प्रमुख

Read Time : < 1 मिनेट
रमेश दवाडी, काठमाडौं
२०७६ फाल्गुण १९ सोमबार १८:४१:००

कांग्रेस सभापति शेरबहादुर देउवाले थप सात विभागका प्रमुख ताेकेका छन्। शनिबार १३ वटा विभागका प्रमुख थप गरेका देउवाले दुईदिन पछि सात विभाग प्रमुख ताेकेका हुन् । यससँगै विभाग प्रमुख संख्या २० पुगेको छ । 
विधानमा २८ वटा विभागको व्यवस्था भए पनि देउवाले विधानविपरित ४७ वटा विभाग गठन गरेका छन् ।

विधान (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय कार्यसमितिका दस्यहरूलाई देउवाले सोमबार केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गरेका हुन् । 

शुभेच्छुक संस्था समन्वय विभागमा एन.पी. साउद, वन, वातावरण तथा विपत व्यवस्थापन विभागमा अम्बिका बस्नेत, महिला विभागमा ईश्वरी न्यौपाने, राज्य प्रशासन विभागमा केशवकुमार बुढाथोकीलाई जिम्मेवारी दिइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

त्यसैगरी देउवाले खेलकूद विभागमा मोहनबहादुर बस्नेत, निर्माण व्यवसायी समन्वय विभागमा बीरबहादुर बलायर र शिक्षा विभागको जिम्मेवारी हरिप्रसाद नेपाललाई दिइएको मुख्य सचिव पौडेलले जानकारी दिए ।
देउवाले कार्याकालको अन्तिक समयमा विभाग गठन गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाउँदै आएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विभाग गठनप्रति असन्तुष्ट पक्षलाई सहमतिमा ल्याइने बताएका छन् ।

‘पार्टीभित्र कतिपय विषयमा बेलाबेला विमति हुन्छन् । विमति क्रमशः फेरि सहमतिको दिशातर्फ अघि बढ्छ । सहमति भइरहेको अर्थ फेरि विमति हुने छैन भन्ने होइन,’ उनले भने, ‘कुनै विषयमा विवाद, विमति भयो भनेर भोलि सहमति नहुने भन्ने होइन । त्यसकारण हामी सहमति निर्माण गर्ने क्रमबाट अगाडि बढ्नेछौं ।’