Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ फाल्गुण १८ आइतबार १४:०३:००
Read Time : > 1 मिनेट
समाचार

पौडेलको आरोप, ‘पद र पैसा बाँडेर देउवाले तागत बढाउन खोजे’

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण १८ आइतबार १४:०३:००

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र सभापति शेरबहादुर देउवाकाे कारण पार्टीभित्र बिकृति बढेको दाबी गरे ।

नेपाल प्रेस युनियन मकवानपुर शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा पौडेलले पार्टी सभापति देउवाले निर्वाचन आचारसंहिता विपरित १४ औं महाधिवेशन नजिकिँदै गर्दा पद र पैसा बाँडेर तागत बढाउन खोजेको आरोप लगाए । देउवाले देश र जनताको हितको काम गरेर लोकप्रियता हासिल गर्ने नभइ, व्यक्तिहरुलाई पद र पैसा बाँडेर तागत बृद्धि गरेर आफ्नो बर्चश्व कायम राख्न खोजेको पौडेलले दाबी गरे ।

‘सभापतिसँग व्यक्तिगत असहमति होइन नीतिगत र प्रवृतिगत मतभेद छ,’ उनले भने, ‘अब यस्ता नीतिगत कमजोरी र समस्या खुलेर सार्वजनिक गरिनेछ ।’

उनले कम्युनिस्ट सरकारभित्र भ्रष्टाचार, अनियमितता फष्टाइरहेको अवस्थामा कांग्रेसले सशक्त ढंगले विरोध गर्न नसकेको स्वीकार गरे । संसदमा सशक्त प्रतिपक्षको भूमिकामा समेत कांग्रेस चुकिरहेको अवस्थामा आफूले प्रवृतिगत विरोध गरेको पौडेलले बताए ।

उनले मन्त्री भ्रष्टाचारमा संलग्न हुँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार बचाउन गर्न खोज्नु आपत्तिजनक रहेको धारणा राखे । 

विभाग गठन गरेर व्यक्तिलाई आकर्षित गर्न खोजियो : महामन्त्री कोइराला
महामन्त्री शशांक कोइरालाले पत्रकार सम्मेलनमा बोल्दै सभापति शेरबहादुर देउवाले महाधिवेशन नजिकिँदै गर्दा व्यक्तिलाई आकर्षित गर्न विभाग गठन गरेको बताए ।

महामन्त्री कोइरालाले पहिला सभापतिले विभाग गर्न आनाकानी गरेको तर, महाधिवेशन नजिकिँदैै गर्दा विभाग गठन गरेर व्यक्तिलाई आकर्षित गर्न खोजेकाे आरोप लगाए । ‘देउवाले व्यक्तिपिच्छे विभाग बढाएर २८ बाट ४८ वटा विभाग पु-याउनुनै व्यक्तिलाई आकर्षित गर्न खोजिएको हो,’ उनले भने, ‘यो आचारसंहिता विपरित छ हामीले पटकपटक विरोध जनाउँदै आएका छौं ।’

महामन्त्री कोइरालाले देउवाका कुनै पनि गतिविधिमा आफ्नो सहमति नरहेको दाबी गर्दै पार्टीलाई नोक्सान हुने कार्यमा मात्र सभापतिले ध्यान दिएको आरोप लगाए । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य प्रकाशमान सिंह, डा.रामशरण महतले महाधिवेशन कोहिबाट प्रभावित नभइ निष्पक्ष हुनुपर्ने बताए । 

केन्द्रीय सदस्य सिंह र महतले महाधिवेशनलाई व्यवस्थित बनाउन नेतृत्वले ध्यान पु-याउनु पर्नेमा जोड दिए ।