मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सगरमाथा आधार शिविर नजिक लोबुचेमा स्थापित ‘पिरामिड अन्तर्राष्ट्रिय प्रयोगशाला र अवलोकन केन्द्र’
२०७६ फाल्गुण १८ आइतबार १२:५०:००
Read Time : > 3 मिनेट
प्रविधि

सगरमाथाको फेदीमा प्रयोगविहीन पिरामिड प्रयोगशाला : नेपालले माल पायो, चाल पाएन

Read Time : > 3 मिनेट
२०७६ फाल्गुण १८ आइतबार १२:५०:००

विश्वका सर्वाधिक धनी व्यक्तिका रुपमा रहेका अमेजनका मालिक जेफ बेजोसले केही दिनअघि जलवायु परिवर्तन सम्बन्धी अध्ययनका लागि विज्ञान क्षेत्रमा १० अर्ब अमेरिकी डलर दान गर्ने घोषणा गरे । 

गत वर्ष १७ वर्षीया स्वीडिस युवती ग्रेटा थुनवर्गले जलवायु परिवर्तनले पारेको असरबारे सचेतना अभियान सञ्चालनमार्फत् विश्वमै हलचल मच्चाइन् । यसबाट देखिन्छ, विकसित मुलुकहरुको ध्यान ‘ग्लोवल वार्मिङ’ तिर तानिएको मात्र छैन, जलवायु परिवर्तन र वातावरणीय असरका क्षेत्रमा अध्ययन एवं अनुसन्धान तीब्र रुपमा भइरहेका छन् । 

विश्वव्यापी रुपमा ग्लोवल वार्मिङबारे चासो र चिन्ता बढिरहँदा नेपालमा भने यस विषयमा अध्ययनका लागि खडा गरिएका संस्थाहरु समेत प्रयोगविहिन छन् । यसमध्येको एउटा संस्था हो, सन् १९९० मा सगरमाथा आधार शिविर नजिकै लोबुचेमा स्थापित ‘पिरामिड अन्तर्राष्ट्रिय प्रयोगशाला र अवलोकन केन्द्र’ । 

विश्वव्यापी रुपमा ग्लोवल वार्मिङबारे चासो र चिन्ता बढिरहँदा नेपालमा भने यस विषयमा अध्ययनका लागि खडा गरिएका संस्थाहरु समेत प्रयोगविहिन छन् । यसमध्येको एउटा संस्था हो, सन् १९९० मा सगरमाथा आधार शिविर नजिकै लोबुचेमा स्थापित ‘पिरामिड अन्तर्राष्ट्रिय प्रयोगशाला र अवलोकन केन्द्र’ । 

युरोपेली मुलुक इटलीको राष्ट्रिय अनुसन्धान परिषद् र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को साझेदारीमा सो केन्द्र (प्रयोगशाला) स्थापना भएको थियो ।   

सोलुको लुक्लाबाट पैदल हिँडेर ३/४ दिनमा पुगिने यो अनुसन्धान केन्द्रमा अनुसन्धानकर्ताहरुका लागि आवासको समेत प्रवन्ध गरिएको छ । केन्द्रका प्रबन्धक काजी बिष्टका अनुसार, केन्द्रमा इन्टरनेट, विद्युत लगायतका सुविधा पनि छन् । बिष्ट सञ्चारका लागि वाकीटकी, स्थानीय रेडियो सञ्चार, मोवाइल र इन्टरनेट गरी चार प्रकारका माध्यम रहेको बताउँछन् 

सरकारले महत्व बुझेन
‘ह्युमन फिजियोलोजी’ अर्थात् उच्च हिमालीभेगमा हुँदा मानवीय शरीरमा हुने परिवर्तनबारे अध्ययन, पृथ्वीको अध्ययन, मौसम सम्बन्धी तथ्याङ्क संकलन, जलवायु परिवर्तन र जडिबुटी एवं हिमालय क्षेत्रमा परेको असरबारे अध्ययन–अनुसन्धान गर्नु केन्द्रको उद्देश्य थियो । 

जलवायु परिवर्तनले पारेको असरबारे अध्ययन गर्न विश्वको सबैभन्दा उच्च स्थापना स्थापित केन्द्र (प्रयोगशाला) भएकाले यो स्वदेशी–विदेशी अनुसन्धानकर्ताहरुका लागि आकर्षण बनेको थियो ।

केन्द्रबाट भएका अध्ययनहरुले हिमाली क्षेत्रमा तापक्रम बढिरहेको र वर्षाको दर घटिरहेको देखाएका थिए । जस्तो कि, सन् २००० ताका लोबुचेको तापक्रम माइनस २५ डिग्री मापन भएको थियो । तर, हाल त्यहाँको तापक्रम बढेर माइनस १७ डिग्री पुगेको छ । बिष्ट भन्छन्, ‘पहिले–पहिले सो क्षेत्रमा ८०–९० सेन्टिमिटरसम्म हिउँ पर्थ्याे । अहिले ४–५ देखि २०–२५ सेन्टिमिटर मात्रै हिउँ पर्छ ।’  

सन् २१०० सम्ममा चीन, नेपाल भारतलगायतका हिमाली भेगको ६५ प्रतिशतभन्दा बढी हिउँ पग्लिने तथ्य सार्वजनिक गरेको थियो । अनि, सगरमाथाको ९० प्रतिशत हिउँ पग्लिने सम्भावना रहेको पनि त्यसले औँल्याएको थियो ।    

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्रवक्ता समेत रहेका बरिष्ठ प्राविधिक अधिकारी डा सुरेशकुमार ढुङ्गेलका भनाइमा, हिन्द–कुश हिमालय क्षेत्रको अनुसन्धानका लागि सो प्रयोगशाला ठूलो सम्भावना बोकेको केन्द्र हो । उनी विश्व विज्ञान एवं अनुसन्धानका क्षेत्रमा यो ल्याबबाट उल्लेख्य योगदान हुनसक्ने र त्यसबाट नेपालले पर्याप्त फाइदा लिनसक्ने बताउँछन् ।   

तर, ६ वर्ष भयो, यति महत्वपूर्ण प्रयोगशाला उपयोगहीन बनेको छ । सन् २०१४ को अगष्टदेखि इटली सरकारले लगानी गर्न छाड्यो । इटलीले लगानी गर्न छाडेपछि केन्द्र सञ्चालनका लागि आवस्यक बजेटको व्यवस्था नेपाल सरकारले गरिदिनु पर्ने हो । तर सरकारले चासो राखेन । 

 

केन्द्रमा बिष्ट लगायत ६ जना टेक्निकल स्टाफ र ४ जना किचन स्टाफ थिए । इटलीले हात झिकिदिँदा र नेपाल सरकारले पनि आवस्यक लगानी नगर्दा कर्मचारीले तलब पनि नपाउने स्थिति सिर्जना भयो । त्यसैक्रममा केन्द्रका ९ जना कर्मचारीले विदा लिए । कर्मचारी नै नभएपछि जुन उद्देश्यले केन्द्र स्थापना गरिएको थियो, त्यो अनुसार काम गर्नसक्ने स्थिति नै रहेन । 

अहिले काजी एक्लैले सो केन्द्र धानिरहेका छन् । ‘मैले पनि छोडेर गएँ भने यसको अस्तित्व नै समाप्त हुन्छ, वर्षमा १० महिना त केन्द्रको  प्रयोगशालामै रहन्छु,’ काजी भन्छन्, ‘त्यसैले त्यहाँ रहेका ठूला उपकरणहरु बिग्रन पाएका छैनन् ।’ 

पुनर्जीवनको पर्खाइ   
सन् २०१९ को फेब्रुवरीमा प्रकासित ‘हिन्दु कुश हिमालयन मुल्याङ्कन’ नामक अनुसन्धानले सन् २१०० सम्ममा चीन, नेपाल भारतलगायतका हिमाली भेगको ६५ प्रतिशतभन्दा बढी हिउँ पग्लिने तथ्य सार्वजनिक गरेको थियो । अनि, सगरमाथाको ९० प्रतिशत हिउँ पग्लिने सम्भावना रहेको पनि त्यसले औँल्याएको थियो ।     

यहाँका हिमालले मोहित गरेकैले उनीहरु नेपाल आउने गरेका हुन् । तापमान बृद्धिका कारण हिउँ पग्लिने क्रम रह्यो भने नेपाली पहाडहरु हिउँ विहीन हुनेछन् । हिमालै नरहेपनि पर्यटक पनि कसरी आउँछन् र ? 

२२ देशको सहकार्यमा ३ सय ५० अनुसन्धानहरुको नतिजालाई आधार बनाउँदै २ सय ५० अनुसन्धानकर्ता तथा लेखकहरुले ६ सय २७ पेजको उक्त प्रतिवेदन तयार गरेका थिए । तापमानमा बृद्धिका कारण हिमाली क्षेत्रमा हिमपहिरो आउने, हिमताल फुट्ने र हिउँ पग्लिने अझ बढ्ने अन्य प्रतिवेदनहरुले पनि बताउँदै आएका छन् ।  

नेपालको अर्थतन्त्र मुख्य रुपमा पर्यटन र कृषिमा निर्भर छ । नेपाल आउने अधिकांस पर्यटकहरु हिमाली क्षेत्रको भ्रमणमा जान्छन् । यहाँका हिमालले मोहित गरेकैले उनीहरु नेपाल आउने गरेका हुन् । तापमान बृद्धिका कारण हिउँ पग्लिने क्रम रह्यो भने नेपाली पहाडहरु हिउँ विहीन हुनेछन् । हिमालै नरहेपनि पर्यटक पनि कसरी आउँछन् र ? 

यसरी जलवायु परिवर्तनले नेपालको पर्यटनलाई त असर गर्छ नै, त्यसको असर कृषि क्षेत्रमा पनि पर्नेछ । अप्राकृतिक रुपमा अधिक वर्षा, लामो अवधिको खडेरीजस्ता समस्या जलवायु परिवर्तनले सिर्जना गर्छ । त्यसैले, जलवायु परिवर्तनले पार्ने असरबारेका अध्ययन–अनुसन्धान र सोही अनुसारको योजना निर्माण नेपालजस्तो मुलुकका लागि अझ बढी आवस्यक छ ।  

पिरामिड केन्द्रको उद्देश्य र महत्वका कारण त्यसलाई छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउँछन्, नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ । नयाँ पत्रिकासँग कुरा गर्दै श्रेष्ठले भने, ‘सरकारको ध्यानाकर्षण गरेर केन्द्रका लागि आवस्यक आर्थिक स्रोत विनियोजन गर्ने र त्यसपछि त्यसलाई सञ्चालनमा ल्याउने तयारी गरेका छौँ ।’

प्रवक्ता ढुङ्गेल पनि आउँदो वर्षसम्म केन्द्र पहिलेजस्तै यथावतरुपमा सञ्चालनमा आउने दाबी गर्छन् । ‘इटली लगायत विश्वका अन्य देशका अनुसन्धानकर्ता संस्थाहरुसँग सहकार्य गरेर एवं उनीहरुबाट सहयोग नभएको अवस्थामा पनि केन्द्र ल्याबलाई सञ्चालन गर्न सक्ने किसिमले सञ्चालनमा ल्याउँदै छौँ ।’