१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ फाल्गुण १६ शुक्रबार १०:२०:००
Read Time : > 1 मिनेट
समाचार

नेकपाका शिर्ष नेतृत्वलाई मुख्यमन्त्री गुरूङको चेतावनी - दम्भले कांग्रेसको नियति भोग्नुपर्ला ! 

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण १६ शुक्रबार १०:२०:००

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कम्युनिस्ट पार्टीको शिर्ष नेतृत्वलाई दम्भ नदेखाउन चेतावनी दिएका छन् । गत वर्ष हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको प्रथम स्मृति दिवसका अवसरमा बिहीबार उनको पूर्णकदको शालिक अनावरण गर्दै उनले यस्तो चेतावनी दिएको हुन् । 

तत्कालिन कांग्रेसले २०१७ सालमा भोगेको नियतिको स्मरण गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘कांग्रेसको दम्भकै कारण पहिलो निर्वाचित दुई तिहाइको सरकार  ढलेकाे थियाे । अहिले नेकपाको शिर्ष नेतृत्वमा त्यस्तै दम्भ देखिएको छ ।’ 

उनले दुई तिहाइको सरकारले जनमतको कदर नगरेको आरोप लगाए । ‘कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनका बेला ‘कम्युनिष्टले जिते हाँस्न पनि पाइन्न’ भनेर गरेको टिप्पणी  तत्कालिन कांग्रेसको हर्कत स्मरण गर्दै थियो ।’ उनले भने, ‘ त्यतिबेला कांग्रेस नेतामा कम्ति दम्भ थिएन । मान्छेले ‘तेरा घराँ कालो कांग्रेस पसिहालोस्’ भन्दै सराप्थे । हाम्रो पार्टीको अवस्था पनि त्यस्तै नहोस् ।’ 

मुख्यमन्त्री गुरूङले कम्युनिस्ट पार्टीलाई जनताले पाँच वर्षका लागि दिएको जनमतको सही सदुपयोग गर्न आग्रह गरे । पछिल्लो केन्द्रीय राजनीतिक घटनाक्रमतर्फ संकेत गर्दै उनले भने, ‘यस्तै अवस्थाबाट अगाडि बढ्ने हो भने, तीन वर्ष पछिको निर्वाचनमा जनताले कहाँ पु-याउलान् ?’ 

अर्थमन्त्री खतिवडाको पक्षमा मुख्यमन्त्री 

१४ फागुनमा नेकपा सचिवालय बैठकले अर्थमन्त्री डा. युवराज खतिवडालाई राष्ट्रिय सभामा पुन: नदोहाे-याउने निर्णय गरेको छ । पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई उक्त मन्त्री खतिवडाको ठाउँमा लैजाने निर्णयको उनले विरोध गरेका छन् । पार्टीका स्थायी समिति सदस्यसमेत रहेका मुख्यमन्त्री गुरुङले मन्त्री खतिवडालाई नै राष्ट्रिय सभामा दोहो¥याउँदा उचित हुने बताए । मन्त्री खतिवडाले राष्ट्रिय अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउन सफल भएको उनको तर्क थियो । 

मुख्यमन्त्री गुरुङले दुई तिहाई मत कम्युनिष्ट पार्टीले एउटा व्यक्तिका लागि संविधान संसाधेन गर्न नहुने तर्क राखे । ‘एउटा व्यक्तिको अकांक्षा पूरा गर्न संविधानै संसोधन, त्यो पनि कम्युनिष्ट पार्टीले ? विपक्षी दलले के भन्ला ? विदेशीहरुले के भन्लान ?’ उनले प्रश्न गरे ।  नेकपा शिर्ष नेतृत्वको कडा आलोचना गरेका उनले तीन वटै तहका सरकारको कामको भने बचाउ गरे । उपलब्ध स्रोत साधनको रक्षा गर्न र उपयोग गर्न संघीयताले सघाइरहेको बताए ।