१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १६ शुक्रबार ०६:११:००
Read Time : < 1 मिनेट
अर्थ

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर पारस खड्का

टेलिकमको विभिन्न प्रवर्द्धनात्मक कार्यक्रममा सहभागी हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १६ शुक्रबार ०६:११:००

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं चर्चित खेलाडी पारस खड्का नियुक्त भएका छन् । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र खेलाडी पारस खड्काले ब्रान्ड एम्बेसडर नियुक्तिसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले द्रुत गतिमा मुलुकभर दूरसञ्चार सेवा विस्तार गरिरहेको नेपाल टेलिकम र फास्ट बलरका रूपमा परिचित खड्काबीचको सहकार्य फलदायी र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।  सो अवसरमा उनले नेपाल प्रहरीको फुटबल टिमलाई पनि प्रायोजन गरेको स्मरण गर्दै खेल क्षेत्रलाई कम्पनीले विशेष प्राथमिकतामा राखी सहयोग गरिरहेको बताए ।

समारोहमा नवनियुक्त ब्रान्ड एम्बेसडर खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमसँग आबद्ध हुन पाएकोमा गौरव महसुस गरेको बताए । सहकार्यले क्रिकेट खेलका साथै नेपाल टेलिकमका सेवा र नेपाल टेलिकमको ब्रान्डको प्रभावकारी प्रवद्र्धन हुने विश्वास उनले व्यक्त गरे । 

सम्झौताअन्तर्गत खड्काले नेपाल टेलिकमका सेवा सुविधा तथा कम्पनीको ब्रान्ड  प्रवर्द्धनका विविध क्रियाकलापमा सहभागी हुने टेलिकमको भनाइ छ । खड्कालाई एक वर्षका लागि ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको टेलिकमले जनाएको छ ।