मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १५ बिहीबार १६:२०:००
Read Time : > 1 मिनेट
समाचार

'पुस्तक बिक्रीमा कर हो, ज्ञानमा कर लगायो भनेर भ्रम नछरौं' 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १५ बिहीबार १६:२०:००

अर्थ मन्त्री एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले राष्ट्रिय उद्योग र सेवा उद्योगलाई संरक्षण दिन सरकारले पुस्तक बिक्रिमा कर लगाएको बताएका छन् । 
पुस्तक बिक्रीमा धेरै मुलुकले मुल्य अभिवृद्धि कर लगाउने गरेको र त्यो कर  १८ प्रतिशत सम्म रहेको उनले बताए । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक कार्यक्रममा अर्बाै रुपैयाँ लगानी गरेर स्वदेशमा स्थापना भएका प्रेसले गर्ने कागज आयातमा पनि कर लगाएकाले पुस्तकमा लगाइएको कर जाएज भएको उनको भनाइ थियो । पुस्तकको विक्रि व्यापार भएकाले सरकारले ज्ञानमा कर लगायो भनेर भ्रम फैलाउने काम नगर्न उनले सचेत गराए । ‘पुस्तक बेच्नु व्यापार हो,’ उनले भने, ‘ज्ञानको व्यापार भनेर दिग्भ्रमित नगरौं ।’

विकास खर्च कम भएको छैन
उनले विकास खर्च गत बर्षको तुलनामा कम नभएको बताएका छन् । 

उनले समग्र मुलुकको एकिकृत वित्तिय विवरणले विकास खर्च राम्रो भएको देखाएको बताए । आर्थिक बर्षको अन्त्य सम्ममा बजेटको ९० प्रतिशत भन्दा बढी खर्च हुने दाबी गरे । निर्माण व्यवसायी, ठेक्का पट्टा सम्बन्धी विवाद लगायतका कारण आर्थिक बर्षको सुरुवाती दिनमा विकास खर्च हुन नसके पनि पछिल्लो अवस्था सन्तोषजन रहेको उनले बताए । 

पुर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिसन सम्बन्धी अडियो प्रकरण छानविनका सम्बन्धमा संचारकर्मीले सोधेको प्रश्नमा खतिवडाले सम्बन्धीत निकायहरुले अध्ययन गरिरहकाले उनीहरुबाट आउने नतिजा पर्खन आग्रह गरे । ‘अख्तियार, संसदीय समितिलाई थाहा छ,’ उनले भने, ‘संबैधानिक, कानुनी र संस्थागत विधिबाट निक्र्योल हुन दिउँ । कानुनी अधिकार प्राप्त निकायले अध्ययन गरोस् ।’
उनले कर्मचारीको तलब बढाएर साना भ्रष्टाचार घटाए पनि त्यसले समग्र मनोवृति परिर्वतन नगर्ने उनले स्पष्ट पारे ।

अर्काे प्रसंगमा उनले राष्ट्रबैकको गर्भनर ५ चैतभन्दा अगाडि नै नियुक्त हुने जानकारी दिए ।