Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर १६ मंगलबार
  • Tuesday, 01 December, 2020
ad
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १५ बिहीबार १३:४०:००
समाचार

सांसदहरू व्यक्तिगत स्वार्थमा लागे : सांसद भट्टराई

नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १५ बिहीबार १३:४०:००

सत्तारुढ दलकै सांसदले आफ्ना पार्टीका नेताहरु व्यक्तिगत स्वार्थमा लागेको भन्दै नेतृत्वलाई सचेत गराएका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपाका सांसद खिमलाल भट्टराईले नेकपा स्वयंको व्यवहारका कारणले राजनीतिक स्थायित्वमाथि नै प्रश्न जन्मने अवस्था उत्पन्न भइरहेको भन्दै त्यसतर्फ नेताहरुको ध्यानाकर्षण गराएका हुन् । 

एकाध घटनाबाहेक सरकारले आमरुपमा राम्रा कामहरुको सम्पादन गरेको भए पनि त्यसको सम्प्रेषण हुन नसकेको तथा गरिब निमुखा जनताको असल अभिभावक बनेर सरकार उभिनु गौरवको विषय भए पनि केही घटनाका कारण राजनीतिक स्थायित्वमाथि नै प्रश्न उब्जिएको भन्दै त्यसतर्फ नेताहरुलाई सचेत हुन आग्रह गरेका हुन् । 

उनले भने, ‘के नेकपाका नेताहरुले आफ्नो अभिभारा बिर्सन थाल्नुभएको हो ? देश र जनताको हित र स्वार्थलाई सर्वोपरि नठानेर आफ्नो हित र स्वार्थलाई सर्वोपरि ठान्ने गलत संस्कृति नेताहरुको मन मस्तिष्कमा उत्पन्न हुन थालेको हो । नेताज्युहरु यस्तो नहोस् । नेपाल कम्युनिस्ट पार्टीप्रति जनताको ठूलो साथ र भरोषा छ ।  त्यसैले तपाईहरु सम्हालिनुहोस् । र जनताको अभिमत, आकांक्षा र आफ्नै बाचाहरुलाई ध्यानमा राखेर अगाडि बढ्नुहोस् भन्ने मेरा आफ्नै नेताहरुलाई आग्रह र अनुरोध छ ।’

उनले बालुवाटार जग्गा प्रकरणमा अख्तियार र सरकारको काम कारवाहीको बचाउ गरे । आर्थिक सामाजिक रुपान्तरणमा केन्द्रित भएर सरकार अगाडि बढेको भन्दै उनले केही तथ्यांकको सूची पनि प्रस्तुत गरे । पूर्वाधार विकासमा देशले चमत्कारिक प्रगति गरेको उल्लेख गर्दै उनले सडक निर्माण, विमानस्थल निर्माण, धार्मिक स्थलहरुमा भएको पूर्वाधार विकास तथा पर्यटन विकासमा सरकार दिल्योज्यानले लागि परेको दाबी गरे ।

छुटाउनुभयो की ?