Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
आदित्य बुढाथोकी, निर्देशक
सुनिता खनाल काठमाडाैं
२०७६ फाल्गुण १४ बुधबार १८:०२:००
Read Time : < 1 मिनेट
सप्तरंग

नयाँलाई लिन फिल्ममेकर डराउँथे - आदित्य बुढाथोकी

Read Time : < 1 मिनेट
सुनिता खनाल, काठमाडाैं
२०७६ फाल्गुण १४ बुधबार १८:०२:००

०५८ सालमा टेलिफिल्म ‘सम्झौता’को सहायक निर्देशक बनेका आदित्य बुढाथोकी त्यसअघि डकुड्रामामा बालकलाकारको भूमिकामा देखिएका थिए । ०५९ सालमा लागुऔषधविरुद्धको फिल्म ‘जीवनको गोरेटो’मा मुख्य भूमिकामा देखिए । 

०६० सालमा सविन बाँस्तोलाको ‘थोरै भए पुगिसरी’ टेलिशृंखलामा १७ भागसम्म उनी ‘विनय’ पात्रको भूमिकामा थिए । नेपाल टेलिभिजनबाट प्रसारण हुने उक्त टेलिशृंखलाले उनलाई दर्शकमाझ चिनायो ।

त्यसपछि ‘नेपाल–वान’ टेलिभिजनबाट प्रसारण हुने शम्भु प्रधानको ‘तिमी पुरुष’ टेलिशृंखलामा पनि उनी मुख्य भूमिकामा थिए । ०६१ ताका लय संग्रौलाको एचआइभीसम्बन्धी टेलीशृंखला ‘एक रात’ अहिले पनि एड्स दिवसमा प्रसारण हुनेगर्छ । ०६३ सालमा फिल्म ‘हे युवा’मा अभिनय गरे । त्यसमा उनीसँगै राजबल्लभ कोइराला, विनोद पौड्याल, ज्वेस पाण्डे, सञ्चिता लुइँटेल पनि थिए ।

कलाकार बन्न अहिलेजस्तो सहज थिएन । त्यतिवेला लुक्स मात्र राम्रो भएर हुँदैनथ्यो, थुप्रै अडिसन दिनुपथ्र्यो । नयाँलाई लिन मेकरहरू डराउँथे ।

त्यसयता म्युजिक भिडियोको निर्देशन गर्छन्, उनी । आर्यन सिग्देल र सुदर्शन थापासँगै स्ट्रगल गरेका उनले सांस्कृतिक संस्थानमा ०५८ सालको आठौँ ब्याचमा प्रभाकर शर्मा र वीरेन्द्र हमालबाट अभिनय सिकेका हुन् । ०७० सालमा फिल्म ‘नेपथ्य’पछि उनी चलचित्रमा देखिएका छैनन् । 

‘धेरै मिहिनेत गरियो, कलाकार बन्न अहिलेजस्तो सहज थिएन,’ उनी भन्छन्, ‘त्यतिवेला लुक्स मात्र राम्रो भएर हुँदैनथ्यो, थुप्रै अडिसन दिनुपथ्र्यो । नयाँलाई लिन मेकरहरू डराउँथे ।’ बानिका प्रधान, राजेशपायल राई, प्रमोद खरेललगायत गायक÷गायिकाको स्वर रहेका म्युजिक भिडियो निर्देशन गरेका छन्, उनले । 

‘यो झरीमा’, ‘नबोले नि हाँसिदेऊ न’, ‘पूर्णिमाको रात मेरो’, ‘करेन्ट लाग्छ’लगायत गीतको म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । नेपाल टेलिभिजनमा नेपाली सेनाको टेलिशृंखला ‘माटोले माग्दैन आफैँले दिनुपर्छ’मा पनि उनको अभिनय थियो ।