मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १४ बुधबार १४:४३:००
Read Time : > 1 मिनेट
समाचार

महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी घोषणा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १४ बुधबार १४:४३:००

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार महासंघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।

काठमाडौंमा एक कार्यक्रम गरी आगामी चैतमा हुन लागेको महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने ढकालले घोषणा गरेका हुन् । उनले आफ्नो उम्मेदवारी देशमा औद्योगिक वातावरण निर्माण गर्न, विदेशी लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन र निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यवसायीक हकहित र अधिकारका लागि सरकारसँग लविङ गर्न भएको बताए ।

उनले तीन खम्बे अर्थनीतिको प्रमुख खम्बाका रुपमा रहेको निजी क्षेत्रलाई सबैभन्दा सशक्त बनाउन तीव्र आर्थिक विकास र सुशासनसहितको उत्तरदायि राज्य व्यवस्थामा सघाउन उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वमा रहेर पैरवी गर्ने प्रतिवद्धता जनाए ।

सरकारले लिएका करका नीति र कर प्रणालीमा देखिएको दुविधाका कारण भविष्यमा उद्योगी व्यवसायीहरु ठूलो मारमा पर्ने उनले बताए । एउटा निकायबाट पार लागेको कर र सम्पत्तिको विषयलाई अनेक निकायबाट छानविनको विषय बनाउने रोग रहेको र त्यसको सही निदान हुनुपर्ने मान्यता आफुले राखेको उनको भनाई थियो । सरकारले लागू गरेको भिसिटिएस र अनिवार्य प्यान नम्बरका कारण साना उद्योग तथा व्यवसायहरु समस्यामा परेको ढकालले उल्लेख गरे ।

सम्पत्तिमा निजी क्षेत्रको हकलाई विश्वासिलो बनाउन, स्वदेशी उद्योग र व्यापारको संरक्षण गरेर वैदेशिक लगानीलाई आकर्षित गर्न, उद्योग वाणिज्य महासंघ जस्तो संस्थालाई विज्ञ समुहको रुपमा विकास गर्न आफ्नो प्रयास रहने उनले स्पष्ट पारे । महासंघको सचिवालयलाई विश्वासिलो, भरपर्दो र गतिशिल बनाउनुपर्ने र सरकारसँग नीतिगत छलफल बढाउनुपर्ने आवश्यकता उनले औंल्याए ।

‘समृद्धिको आधार राज्य निजी क्षेत्र साझेदार’ मूल नारासहित उम्मेदवारी घोषणा गरेको उल्लेख गर्दै उपाध्यक्ष ढकालले राज्यले निजी क्षेत्रसँग जति धेरै सहकार्य ग¥यो त्यतिनै देशको आर्थिक विकास सम्भव रहेको बताए । निजी क्षेत्र आर्थिक विकास र रोजगारीका लागि इन्जिन जस्तै भएकाले आफुले महासंघमा रहेर निजी क्षेत्रको हक हितका लागि काम गर्ने प्रतिवद्धता उनले जनाए । उनले उद्योग स्थापनादेखि खारेजीका कार्यमा झण्झटिलो प्रकृयाका कारण लागत बढेको उल्लेख गर्दै त्यसमा आफुले सँधै काम गर्ने बताए ।

उनले भावि अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा व्यवसायिक र गतिशिल समुह बन्ने र उक्त समुहले उद्योग वाणिज्यको क्षेत्रमा सरकारसँग, नीतिगत छलफलको क्षेत्रमा सरोकारवाला र साझेदारहरुसँग समझारी गर्न एक र एक जोडेर २ नभई एक र एक जोडेर ११ बनाउने रिजल्ट आउनेगरी काम गर्ने प्रतिवद्धता समेत जनाए ।