मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १३ मंगलबार २०:५१:००
Read Time : < 1 मिनेट
समाचार

एमसीसी खारेजको माग गर्दै प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १३ मंगलबार २०:५१:००

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्जा कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीले विरोध प्रदर्शन गरेको छ ।

एमसीसी सम्झौता खारेजी गर्न नेपाल सरकार र अमेरिकी सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको नेमकिपाले जनाएको छ । नेमकिपाका सांसद प्रेम सुवालले रत्नपार्कबाट निकालिएको जुलुस अमेरिकी दूतावाससम्म पुगेको थियो । 

एमसीसी सैन्य गठबन्धनसँग सम्बन्धित रहेका कारण यो नेपालमा आवश्यक नरहेको उनले बताए । अमेरिकाले हिन्द प्रशान्त क्षेत्रमा अशान्ति चाहेको र उसको लक्ष्य यो क्षत्रमा युद्ध गरी हतियराको ब्यापार गर्ने रहेको उनको भनाइ थियो । नेपालस्थित अमेरिकी दूतावास मार्फत अमेरिकी सरकारलाई विरोधपत्र बुझाएको उनले बताए ।

प्रदर्शनका क्रममा देश बेच्न पाइँदैन, एमसीसी खारेज गरलगायतका नारा लगाइएका थिए ।