मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १३ मंगलबार १९:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बुधबार बिहान नेकपा सचिवालय बैठक बस्दै, एमसीसी र बाँस्कोटाबारे अध्यक्षद्वयले बोल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १३ मंगलबार १९:३७:००

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक बुधबार बस्ने भएको छ । 

बैठकमा विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल हुने बताइएको छ । साथै बैठकमा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाबारे पनि छलफल हुने बताइएको छ । 

पछिल्लो समय एमसिसी र बाँस्कोटाको विषयलाई लिएर प्रतिपक्षी, जनस्तर र पार्टीभित्रबाटै दबाव आउन थालेपछि नेकपाले बैठकबाट उक्त विषय सम्बोधन गर्ने एक जना सचिवालय सदस्यले बताए । 
उनका अनुसार बैठक बिहान सवा ११ बजे बस्ने भनिएको छ । बैठकमा एमसीसी र पछिल्लो समय नेकपाले बनाएको कार्यदलले दिएको सुझावका विषयमा अध्यक्षद्वयले आफ्नो धारणा राख्ने बताइएको छ । 

यसअघि गत १० फागुन शनिबार बसेको बैठकमा यी विषयमा छलफल भए पनि नेतृत्व टुंगोमा पुग्न सकेको थिएन।

त्यसको अघिल्लो दिन ९ फागुनमा एमसीसी अध्ययन कार्यदलले करिब २० दिन लगाएर गरेको अध्ययनको निष्कर्षसहित प्रतिवेदन तयार पारेर बुझाएको थियो।