मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रोहितराज पराजुली कास्की
२०७६ फाल्गुण १३ मंगलबार १७:५५:००
Read Time : < 1 मिनेट
समाचार

फेवातालमा डुंगा डुब्दा वेपत्ता लुईंटेल मृत फेला

Read Time : < 1 मिनेट
रोहितराज पराजुली कास्की
२०७६ फाल्गुण १३ मंगलबार १७:५५:००

फेवातालमा सोमबार डुंगा डुब्दा वेपत्ता भएका एक जना मंगलबार मृत फेला परेका छन् ।

काठमाडौं महानगरपालिका–१० कपनका २७ वर्षीय सुमित भन्ने रामशरण लुईंटेल मंगलबार मृत फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए ।

डुंगामा सवार तीन जनामध्ये कपनकै २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रूपेश अधिकारीको भने प्रहरी, डुंगा व्यवसायीे र अन्यको सहयोगमा तत्काल सकुशल उद्धार गरिएको थियो । लुईंटेल डुबेको स्थान वरपर सोमबारै खोजी गरिए पनि भेटिएको थिएन । मंगलबार बिहानैदेखि उनको खोजी कार्य गरिएको थियो ।

डिएसपी ढकालका अनुसार उनीहरू आफैँले डुंगा चलाएका थिए । खपौदी क्षेत्रमा पुगेपछि पानी भरिएकाले डुंगा डुबेरको थियो । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।