१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २ सोमबार १६:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

विधान संशोधनको विषयमा कांग्रेस भित्र विवाद चर्किँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २ सोमबार १६:००:००

कांग्रेस भित्र पार्टीको विधान संशोधन मस्यौदामा देखिएको विवाद चर्केर गएको छ । पार्टीको विधान मस्यौदामा पदाधिकारी संख्या बढाउनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको माग सम्बोधन नगर्ने अडानमा संस्थापन पक्ष रहेपछि सो सम्बन्धि विवाद चर्किन थालेको हो । सोही समस्या समाधानका लागि सोमबार बिहान सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी बैठक पनि विना निष्कर्ष सकिएको छ । 


साँझ केन्द्रीय कार्य समिति बैठकबाट सो विषयमा आवश्यक निर्णय लिने निर्णय गर्दै पदाधिकारी बैठक विना निष्कर्ष सकिएको हो । पदाधिकारीको संख्या, केन्द्रीय कार्यसमितिको प्रतिनिधित्वलगायतका केही सवालमा देखिएको समस्या साँझ बस्ने केन्द्रीय कार्य समिति बैठकले हल गर्ने निर्णय गर्दै पदाधिकारी बैठक सकिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । अहिले कांग्रेस नेतृत्व रामशाहपथस्थित योगम्बर पार्टी प्यालेसमा जारी महासमिति बैठकमा सहभागी भएका छन् । सोमबार तेस्रो दिन कांग्रेस महासमिति बैठकको बन्द सत्र जारी छ ।


महासमितिको बन्दसत्रमा राजनीतिक, आर्थिक, सांगठनिक र पार्टीको आयव्ययसम्बन्धि प्रतिवेदनमाथि छलफल भईरहेको छ । तर विधान मस्यौदामा भने सहमति नजुटेपछि अपरान्ह केन्द्रिय कार्य समितिको बैठक बोलाइएको हो । साँझ ६ बजेपछि बस्ने केन्द्रीय कार्य समिति बैठकले विधान मस्यौदामा पनि सहमति जुटाउने प्रवक्ता शर्माको दाबी छ ।


महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले तयार पारेको विधान सम्बन्धि प्रतिवेदनमा केन्द्रीय कार्य समितिमा अझै सहमति जुटन सकेको छैन । पार्टीको संस्थापन पक्ष र वरिष्ठ नेता पौडेल पक्षबीच सहमति नजुटेकै कारण सो प्रतिवेदन अझै महासमिति बैठकमा पेश हुन नसकेको हो ।