मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
घोराहीमा आयोजित कार्यक्रममा पूर्वसभामुख कृष्णबहादुर महरा
भुपेन्द्र वली दाङ
२०७६ फाल्गुण १२ सोमबार १८:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

षडयन्त्रकारीको भुमरीलाई जितेर आएँ : महरा

Read Time : < 1 मिनेट
भुपेन्द्र वली दाङ
२०७६ फाल्गुण १२ सोमबार १८:३०:००

संसद सचिवालयमा कार्यरत एक महिलालाई बलात्कार गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा अदालतबाट सफाइ पाएपछि मतदातासँग भेटघाट गर्न दाङ आइपुगेका छन् । दाङ निर्वाचन क्षेत्र नम्बर २ का मतदातासँग भेटघाट गर्दै उनले आफू षडयन्त्रकारीको भुमरीलाई जितेर आएको बताए ।

महरालाई जिल्लाको प्रवेशद्वार भालुबाङ, लमही, घोराहीलगायतका स्थानमा मतदाताले भव्य स्वागत गरेका थिए । मतदाताले भव्य स्वागत गरेपछि महरा निकै प्रफुल्लितसमेत देखिन्थे । विभिन्न ठाउँँमा आयोजना गरिएका स्वागत कार्यक्रमहरूमा महराले थोरै मात्र बोले । हरेक स्थानमा उनले पाँच मिनेटभन्दा बढी बोलेनन् ।

तीन महिना जेलमा बिताएर आएका महराले आफूमाथि लागेको आरोपका विषयमा आन्तरिक कुरा खोल्लान् भन्ने जनअपेक्षा रहे पनि उनले त्यस विषयमा खासै मुख खोलेनन्् । घोराहीमा मतदाताहरूलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई षडयन्त्रकारीहरूले भुमरीमा पार्न खोजेका छन् । तर म अहिले त्यो भुमरी जितेर आएको छु ।’ उनले आफूलाई जनताको अपार माया रहेको भन्दै जनताको तागतको अगाडि कसैको केही नलाग्ने बताए ।

एमसिसीसँग जोडिएको विषयमा भने उनले सांकेतिक रूपमा राष्ट्रिय स्वाधिनताका विषयमा आफू जहिले पनि लड्ने बताए । ‘म राष्ट्रियताका लागि हिजो पनि लडेँ, आज पनि लड्दै छु र भोलि पनि लड्नेछु,’ उनले भने, ‘यस विषयमा कुनै पनि किसिमको सम्झौता गर्दिनँ ।’ पूर्वसभामुख महरालाई उनी सम्बद्ध पार्टी नेकपाले भने कुनै औपचारिक स्वागत कार्यक्रम आयोजना गरेको छैन । महरा मतदातामाझ अनौपचारिक भेटघाट गर्दै करिब एक हप्ता रहने बताइएको छ ।