मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १२ सोमबार १६:२२:००
Read Time : < 1 मिनेट
समाचार

पत्रकार महासंघले सभामुखलाई बुझायो ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १२ सोमबार १६:२२:००

नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकलाई सरोकारवालाहरूका माग सम्बोधन गरी अगाडि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । 

सोमबार सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाउँदै महासंघले मिडिया काउन्सिल र सूचना प्रविधिलगायत विधेयकलाई सरोकारवालसँगको छलफल गरेर माग सम्बोधन गर्नेगरी बढ्न आग्रह गरेको हो । 

कानुन निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन अन्तक्र्रियात्मक हुनुपर्ने र सरोकारवाला पक्षलाई उत्प्रेरित गर्न आवश्यक रणनीति अख्तियार गर्ने दिशामा बढ्न सभामुखको ध्यानाकर्षण गरिएको महासंघका महासविच रमेश विष्टले बताए । 

महासंघका कार्यवाहक अध्यक्ष विपुल पोख्रेलले धेरैभन्दा धेरै नागरिकको सहभागितामा रचनात्मक र सिर्जनात्मक ढंगले कानुन निर्माण प्रक्रिया स्थापना गर्नुपर्ने बताए । पछिल्लो समय आएका केही विधेयकका प्रवाधानमा आफ्नो गम्भीर विमति रहेको उल्लेख गर्दै पोख्रेलले मिडियालाई स्वतन्त्र रुपमा अभ्यास गर्न सक्ने परिस्थितिको निर्माण गर्न माग गरे । 

ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले छलफल र अन्तक्र्रियाबाट बढ्न प्रयत्न आफूले गर्ने बताए । परिवर्तनको गुणात्मकतालाई आत्मसाथ गरेर नियन कानुन बनाउने कुरामा भएका कमजोरी सच्याउन जनस्तरमा गएर ठूलो आधार तयार हुने उनले बताए । 

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रका प्राणवायु भएको उल्लेख गर्दै महासंघले केही विधेयकमा स्वतन्त्रतासम्बन्धी बन्देज लगाउने प्रावधान रहेकोले तिनलाई सच्याउन ध्यानाकर्षण गराएको हो । महासंघले सभामुखको सफल कार्यकालको बधाई तथा शुभकामना पनि दिएको छ ।