मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १२ सोमबार १२:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्री ओली पोखरामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १२ सोमबार १२:३८:००

 प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रदेशस्तरीय कार्यकर्ता भेलाका लागि सोमबार दिउँसो पोखरा गएका छन् ।

पार्टीकाे आयोजनामा भएकाे भेलालाई उनले सम्बोधन गर्ने कार्यक्रम छ । 

नेकपाले ४–२१ फागुनसम्म सातै प्रदेश कमिटीको बैठक तथा प्रदेशस्तरीय कार्यकर्ता भेला आयोजना गरेको छ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आज नै पोखरा जाने तयारी थियो । तर काठमाडौंमै व्यस्त भएकाले प्रचण्ड पोखरा जान नसकेको प्रचण्ड निकट स्रोतले बताएको छ ।

यसअघि ४ र ५ फागुनमा प्रदेश– ५ को कोहलपुर, ६ र ७ फागुनमा कर्णाली प्रदेशको सुर्खेतमा नेकपाले प्रदेशस्तरीय कार्यकर्ता प्रशीक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

९ र १० फागुनमा प्रदेश– २ मा गर्ने कार्यक्रम भने त्यहाँको ‘आन्तरिक व्यस्थापन’ नपुगेका कारण आयोजना हुन सकेको छैन ।

सोमबार बिहान बालुवाटारमा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा १ घन्टा लामो छलफल भएको थियो ।

उक्त छलफल सकेर ओली पोखरा उडेका हुन् ।