मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
सुनिता खनाल काठमाडाैं
२०७६ फाल्गुण १२ सोमबार ०८:५८:००
Read Time : > 1 मिनेट
नयाँCity

प्रेमगीत-३ : हिउँ छिचोल्दै सुटिङ

Read Time : > 1 मिनेट
सुनिता खनाल, काठमाडाैं
२०७६ फाल्गुण १२ सोमबार ०८:५८:००

काठमाडौंमा जल तथा मौसम विज्ञान विभागले हिमपातको भविष्यवाणी गर्दैगर्दा मनाङ, मुस्ताङलगायत हिमाली क्षेत्रका बासिन्दा तल्लो भेगतिर झर्दै थिए । त्यहीवेला फिल्म ‘प्रेमगीत–३’को सुटिङ युनिट हिमाली भेगतिरै उक्लिँदै थियो । आकाशबाट हिउँ फुस्फुसाउँदै गर्दा करिब डेढ सयजनाको टोली सुटिङमा व्यस्त थियो । ‘हाई अल्टिच्युडका कारण डान्सरहरू ढल्थे । तर, काम रोक्न सम्भव थिएन,’ निर्देशक सन्तोष सेन भन्छन्, ‘दिउँसो २ बजे मात्र घाम देखिन्थ्यो, माइनस १९ डिग्रीसम्मको तापक्रममा रात्रिकालीन सुटिङ गर्नुपथ्र्यो ।’

‘हिमपातका बाबजुद काम रोक्न सम्भव थिएन,’ निर्देशक सन्तोष सेन भन्छन्, ‘दिउँसो २ बजे मात्र घाम देखिन्थ्यो, माइनस १९ डिग्रीसम्मको तापक्रममा रात्रिकालीन सुटिङ गर्नुपथ्र्यो ।’

टिमलाई ऊर्जा दिन निर्देशक सेन आफैँ होटेलबाट सामान बोकेर सुटिङस्थलतिर लम्किन्थे । अनि, भारी बोकेको लस्कर सुटिङस्थलमा पुग्थ्यो । बाहिर पाँच फिटसम्म हिउँ जमेको थियो । शिव श्रेष्ठ, सुनील थापालगायत कलाकारले उनलाई दुई महिनासम्म विनागुनासो साथ दिए । ‘मैले टिमलाई सजाय पो दिइरहेको छु कि जस्तो लाग्थ्यो,’ सेन भन्छन्, ‘अहिले फिल्मलाई पोस्टमा हेर्दा त्यतिवेलाको दुःख बिर्सिन्छु ।’

एउटा राजाको कथाका लागि हिमाली भेगको दरबार बनाउनु थियो । त्यसका लागि लोमान्थाङको एक पुरानो दरबार रोजियो । तर, इन्डोरमा पनि दरबारकै जस्ता संरचना बनाउनु थियो । डिजाइनर राजु पेन्टरलाई त्यसको जिम्मा दिइयो ।

उनले फ्लेक्समार्फत बनाएको संरचना क्यामेरामा कैद गर्दा नक्कली देखियो । फोमबाट बनाउँदा पनि राम्रो फिनिसिङ आएन । तनावमा परेको टिमले ह्वाइट सिमेन्ट प्रयोग गरेर सिलिकनको फ्रेममा माटोजस्तै देखिने गरी संरचना तयार पा-यो ।

पुरानो दरबारमा बत्ती नहुनु स्वाभाविकै थियो । आगो बाल्न चीनबाट ल्याइएको बल्ब पनि क्यामेरामा नक्कली देखिने भयो । आगो बलेको दृश्य बल्बले दिन सकेन । तोरीको तेल दलेर कपडा बाल्दा धुवाँ फैलियो । र, सुटिङ गर्न सम्भव भएन । त्यसपछि रुईमा भ्यास्लिन दलेर आगो सल्काइयो । त्यो पनि धेरै बेर टिकेन । अन्तिममा पगालेको मैनमा रुई उमालेर डल्ला बनाउँदै बालेपछि बल्ल प्राकृतिक दृश्य खिच्न सफल भयो, टिम । त्यसक्रममा दुई हजार पाँच सय किलो मैन र त्यति नै कपास प्रयोग भयो ।

भारतीय सेनादेखि फिल्मसम्म

निर्देशक सेन १७ वर्षको उमेरमै भारतीय गोर्खा सेनामा भर्ती भए । उनको सैनिक जीवनप्रति परिवार गौरवान्वित थियो । तर, एक वर्षमै सैन्यसेवा छाडेर सिंगापुर हुँदै बु्रनाईस्थित दरबारका जागिरे बने । त्यतिवेला युट्युबको जमाना सुरु भएको थिएन । दुई–दुई वर्षमा घर आउँदा उनको झोलामा त्यसबीचमा बनेका नेपाली फिल्मका सिडी र भिसिडी हुन्थे ।

तिनै सिडी र भिसिडीमा फिल्म हेरेर उनी छुट्टी बिताउँथे । सधैँका लागि स्वदेश फर्किएपछि उनलाई दर्शकका रूपमा मात्र रहन मनले मानेन । निर्माणमै लाग्ने हुटहुटीले उनलाई फिल्म ‘चंखे, शंखे र पंखे’को निर्माता बने ।

‘पहिलो फिल्म पूरै असफल भयो,’ उनी भन्छन्, ‘०७२ सालको भूकम्पआसपास प्रदर्शनमा आएकाले होला, एक पैसा पनि लगानी उठेन ।’ त्यसपछि उनले आफ्नो फिल्मको प्याटर्न परिवर्तन गरे । र, ‘ट्राभल लभ स्टोरी’ रोजे । ‘चंखे, शंखे र पंखे’का निर्देशक सुदर्शन थापासँग सहकार्य गरेर फिल्म ‘प्रेमगीत’ बनाए । त्यसबाट लगानी उठ्ने आत्मविश्वास जाग्यो, उनलाई । भन्छन्, ‘प्रेमगीत पनि पूर्ण असफल भएको भए फिल्म उद्योगमा फेरि आउने थिइनँ ।’ 

त्यसपछि उनले म्यानमारदेखि थाइल्यान्ड हुँदै रारासम्मको ट्राभल स्टोरी समेटेर ‘प्रेमगीत–२’ बनाए, जसले केही राम्रो प्रतिक्रिया पायो । ‘प्रेमगीत’मा लेखनमा मात्र रहेका रामशरण पाठकले ‘प्रेमगीत–२’मा लेखन र निर्देशन दुवैको जिम्मेवारी सम्हालेका थिए । ‘प्रेमगीत–२’ पछि उनले बालमनोविज्ञानमा आधारित फिल्म ‘मेरी मामु’ बनाएका थिए ।

तस्बिरहरू : निर्देशक सन्तोष सेनको फेसबुकबाट