मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ११ आइतबार १४:५४:००
Read Time : < 1 मिनेट
समाचार

राम्रालाई नराम्रा, नराम्रालाई राम्रा नभनि दिनुस् : सञ्चारमन्त्री खतिवडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ११ आइतबार १४:५४:००

अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालको समेत जिम्मेवारी सम्हालेका छन् ।

सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएपछि गोकुल बास्कोटाले राजीनामा दिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी पाएका खतिवडाले आइतबार पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण कार्यक्रममा मन्त्री खतिवडाले सरकारी सञ्चारमाध्यम देशभरीका जनताको साझा माध्यम भएकाले सन्तुलित सूचना प्रवाह गर्न निर्देशन दिए । सरकारी सञ्चारमाध्यमले सरकारको मात्रै गुणगान गाउनुपर्छ भन्ने मान्यता सरकारले नराख्नले भन्दै खतिवडाले राज्य सञ्चालनमा जनताले निर्वाह गर्ने भूमिका र त्यसले समावेशी विकासमा पु¥याउने योगदानलाई मध्यनगर गर्दै सूचना सम्प्रेषण गर्न आग्रह गरे । 

मन्त्री खतिवडाले लोकतन्त्र बलियो बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भुमिका हुने पनि बताए । सरकारले गरेका राम्रा र नराम्रा दुबै कामहरु जनतामाझ पुर्याउने जिम्मेवारीमा रहेका सञ्चारमाध्यमले राम्रालाई नराम्रा र नराम्रा कामलाई राम्रा भनेर नपुर्याउन उनको आग्रह थियो ।