मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ११ आइतबार १०:४१:००
Read Time : < 1 मिनेट
समाचार

बालुवाटार पुगेर शुभेच्छुकले दिए प्रधानमन्त्रीलाई जन्मदिनकाे शुभकामना 

आठराई गाउँपालिकामा आज सार्वजनिक विदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ११ आइतबार १०:४१:००

प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभेच्छुकहरुले जन्मदिनको शुभकामना दिएका छन् । जन्मदिन मनाउनकै लागि आइतबार बिहान प्रधानमन्त्री ओली गृहजिल्ला तेह्रथुमको जन्मस्थान तिनसल्ले जाने कार्यक्रम रहेको छ ।

तिनसल्ले जानुअघि ओलीलाई शुभेच्छुकहरुले प्रधानमन्त्री निवास बालुवाटारमै 'केक काटेर' जन्मदिनको शुभकामना दिएका हुन् । पिता मोहनप्रसाद ओली, श्रीमती राधिका शाक्य, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायत उपस्थित भएर प्रधानमन्त्री ओलीलाई ७० वर्ष लागेकाेमा खुसी व्यक्त गर्दै बधाई तथा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा तेह्रथुमको आठराई गाउँपालिकामा आज सार्वजनिक विदा दिइएकाे छ । प्रधानमन्त्री ओली आइतबार जन्मस्थान पुगेर जन्मदिन मनाएपछि आज नै काठमाडौं फर्किने तयारी रहेको छ ।

उनका साथमा निजी सचिवालयका केही सदस्य र मन्त्रीहरुसहितको टोली त्यसतर्फ जाने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।