१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ फाल्गुण ९ शुक्रबार १३:११:००
Read Time : < 1 मिनेट
समाचार

मेलम्ची खानेपानी आयोजनामा भौगोलिक सूचना प्रणाली सुरु

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण ९ शुक्रबार १३:११:००

काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनामा ‘भौगोलिक सूचना प्रणाली’ (जिआइएस) सुरु गरिएको छ । 

प्रविधिको माध्यमबाट आयोजनाको पाइप जमिनबाट कति गहिराइमा र कुन दिशामा छ भन्ने थाहा पाउन तथा आवश्यक पर्दा अरू निकायलाई जानकारी गराउन पनि यो प्रणाली सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । 

आयोजनाअन्तर्गत हाल बिछ्याइएका पाइप कहाँ छन् भनी जानकारी दिन सकिने आयोजना निर्देशक भोजविक्रम थापाले बताए । कुनै पनि संरचनाका लागि सडक भत्काउँदा खानेपानीको पाइप यस ठाउँमा छ भन्ने जानकारी दिएर क्षति नहुने गरी निर्माण गर्न सकिने उनको भनाइ छ । 

सडक निर्माणका क्रममा वा कुनै संरचनाका लागि सडक भत्काउँदा खानेपानीको पाइप फुट्ने समस्या बर्सेनि दोहोरिरहेकाले त्यो रोक्न यो प्रणालीको सुरुआत भएको हो । हाल स्तरोन्नतिका क्रममा रहेको गौशाला–चाबहिल खण्डमा पनि सडक मर्मत गर्दा आयोजनाका पाइपमा क्षति पुगेको छ । 

विगतमा खानेपानी र ढल जमिन मुनि हुने गरेकामा हाल विद्युत् प्राधिकरणले बिजुलीको तार पनि भूगिगत गर्न सुरु गरेको छ । सडकमा अन्तर निकाय समन्वय नहुँदा एउटा निकायले भत्काउने र अर्कोले बनाउने  काम भइरहने गरेको छ । यो समन्वयका लागि सहरी विकास मन्त्रालयले गत वर्षदेखि नै ‘युटिलिटी करिडोर’सम्बन्धी कानुन बनाउन थालेको छ ।