मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ८ बिहीबार २१:०२:००
Read Time : < 1 मिनेट
समाचार

आरआर क्याम्पसमा प्रहरी र नेविसंघबीच झडप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ८ बिहीबार २१:०२:००

काठमाडौंको भृकुटीमण्डमस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा नेपाल प्रहरी र नेपाल विद्यार्थी संघ (नेविसंघ)बीच झडप भएको छ । झडपमा नेविसंघका सभापति राजिव ढुंगानासहित दुवैतर्फका दुई दर्जन घाइते भएको छन् ।

क्याम्पसमा बिहीबार साँझ नेविसंघले आन्दोलन गरी बाटो अवरूद्ध बनाएपछि हटाउने क्रममा झडप भएको सिंहदरबार प्रहरी वृतले जानकारी दिएको छ । वृतका अनुसार प्रहरीतर्फका दुई जना घाइते भएका छन् ।

यस्तै, आरआर क्याम्पस नेविसंघका सभापति पुस्कर बास्तोलाले सरकारले किताबमा लगाएको कर खाजेर गर्न माग गर्दै आन्दोल हुने क्रममा झडप भएको जानकारी दिए । उनले भने, 'शान्तिपूर्ण आन्दोलन हुँदै थियो, पछि टायर बालेर आन्दोलन गर्नु पर्ने अवस्था भयो, यसै क्रममा झडप हुन पुग्यो ।'

झडपमा नेविसंघका सभापति ढुंगाना, महामन्त्री उर्मिला थपलिया, दीपक भट्टराई, युवराज पाण्डे, ल क्याम्पसका नेविसंघ नेता सुरज सेजुवाल, आरआरका नेता रामजी बस्नेतसहित २० जना घाइते भएका छन् ।