१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रमेश दवाडी काठमाडौं
२०७६ फाल्गुण ८ बिहीबार १७:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बाँस्कोटाको अडियो सार्वजनिक भएपछि के गर्‍यो कांग्रेसले ?

Read Time : < 1 मिनेट
रमेश दवाडी, काठमाडौं
२०७६ फाल्गुण ८ बिहीबार १७:२२:००

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो बिहीबार सार्वजनिक भएपछि सबैको ध्यान यसतर्फ केन्द्रित भयो । पार्टीको निर्देशनमा अन्ततः बाँस्कोटाले पदबाट राजीनामा दिए ।
 
बाँस्कोटाको अडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्ष कांग्रेसको सक्रियता निकै बढ्यो । भ्रष्टाचारीको अनुहारसमेत नहेर्ने भनेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाविरुद्ध सार्वजनिक अडियोले राजीनामा दिन बाध्य बनायो ।

अडियो सार्वजनिक भएपछि कांग्रेसको सक्रियता

बाँस्कोटालाई तत्काल बर्खास्त र निष्पक्ष अनुसन्धानको माग गर्दै बिहान ११ बजे नै कांग्रेसले विज्ञप्ति जारी गरेको थियो । 

पत्रकार सम्मेलन 

बाँस्कोटाकै विषयमा कांग्रेसले साढे १२ बजे पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सरकारमाथि कटाक्ष गर्यो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीलाई प्रश्न गरे । ‘भ्रष्टाचारीको मुखसम्म हेर्दिनँ भन्ने प्रधानमन्त्रीले बाँस्कोटाको अडियो सुन्नुभयो होला नि ? 

विद्यार्थीको प्रदर्शन

बाँस्कोटा धनगढीबाट काठमाडौं फर्कंदै गर्दा कांग्रेसको भातृ संगठन नेविसंघले दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालो झण्डा देखाए । झन्डा देखाएको आरोपमा प्रहरीले नेविसंघ नेता विष्णुहरि खड्कालाई नियन्त्रणमा लियो । कालो झण्डा देखाउँदै नेविसंघले बाँस्कोटाको राजीनामा माग गरेका थिए । 

संसद अवरुद्ध

बाँस्कोटाको राजीनामा माग गर्दै कांग्रेसले बिहीबार राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो । कांग्रेस सांसदहरूले सरकारको समृद्ध नेपाल सुखी नेपालीको नारा अब समृद्ध गोकुल बाँस्कोटा, सुखी केपी ओलीमा परिणत भएको भन्दै कटाक्ष गरेका थिए ।