मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ८ बिहीबार १५:३५:००
Read Time : < 1 मिनेट
समाचार

मन्त्री बास्कोटालाई नेविसंघले देखायो विमानस्थलमै कालो झण्डा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ८ बिहीबार १५:३५:००

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघर्ले सञ्चारमन्त्री गोकुल बास्कोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालो झण्डा देखाएको छ।

कञ्चनपुरमा सुरु भएको महोत्सवको कार्यक्रम सकेर धनगढीबाट काठमाडौं ओर्लिएका मन्त्री बाँस्कोटालाई नेविसंघले त्रिभुवन विमानस्थलमा कालो झण्डा देखाएर विरोध गरेको हो। नेविसंघ नेताहरुले सञ्चारमन्त्री बास्कोटालाई कालो झण्डा देखाएको बताए ।

उनीहरुका अनुसार कालो झन्डा देखाएको आरोपमा प्रहरीले नेविसंघका नेता विष्णुहरि खड्कालाई नियन्त्रणमा लिएको छ।

यसअघि मन्त्री बास्कोटाको आवाजसहित सेक्युरिटी प्रेस खरिदका लागि कमिसन रकम मागेको विषयमा अडियो रेकर्ड सार्वजनिक भएपछि कांग्रेसले बाँस्कोटालाई मन्त्रीबाट बर्खास्त हुनुपर्ने भन्दै विरोध गरिरहेको थियो ।