मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ५ शनिबार १०:५७:००
Read Time : > 1 मिनेट
सप्तरंग

‘कम्मरमाथि पटुकी’ ले चर्चित बनायो : मेलिना राई, गायिका

खुट्किला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ५ शनिबार १०:५७:००

स्कुलमा डान्स सिकाउँथेँ
मेरो बुबा संगीत गुरु हुनुहुन्छ । त्यसैले पारिवारिक वातावरण नै संगीतमय थियो । त्यही वातावरणले गर्दा संगीतबाहेक केही सपना थिएन । सानैदेखि गायिका बन्छु भन्ने नै थियो । बुबा नै मेरो संगीत गुरु हुनुहुन्छ । सुरुवातका दिनमा कोरस गाउँथेँ । आफ्नो लागि आफैँ कमाउनुपर्छ भन्ने सोच सानैबाट थियो । त्यसैले स्कुलमा डान्स सिकाउँथेँ । स–साना नानीहरूलाई डान्स सिकाएँ । यसले मेरो पकेट खर्च पुग्थ्यो । 

 गीत चल्यो, मेलिना चिनिइन
मैले फाट्टफुट्ट गीत गाइरहेकी थिएँ । गीतहरू ठीकै चलिरहेका थिए । चलचित्र ‘नोभेम्बर रेन’को  ‘पलभर मै खुसी’ चर्चित भयो । तर, त्यो युगल स्वरमा रहेकाले मेरो चर्चा खासै भएन । गीत एकदम हिट भए पनि मेलिना खासै चिनिइन । 

‘कम्मरमाथि पटुकी’ले चिनायो
यसबीचमा थुप्रै गीत गाएँ, एल्बम निकालेँ तर, ठीकठीकै चल्यो । त्यस्तो जीवनकै टर्निङ पोइन्ट भन्ने खालको भएको थिएन । ‘नाइँ नभन्नु ल–३’ फिल्मको ‘कम्मरमाथि पटुकी’ भन्ने गीतले चाहिँ चर्चा पाएँ । त्यसपछि मेलिना राईको खोजी हुन थाल्यो । धेरै अफर आउन थाले । फिल्मी, कलेक्सन, स्टेज सोहरूको अफर आउन थाल्यो । त्यसपछि भने पछाडि हेर्नुपरेको छैन । त्यसैले मैले यही गीतलाई जीवनकै ‘टर्निङ पोइन्ट’को रूपमा लिने गरेको छु । 

 ‘तिमीले बाटो फे-यौ अरे’ले फेस चिनायो
मेलिना राई नामलाई ‘कम्मरमाथि पटुकी’ले चिनायो । त्यसपछि ‘तिमीले बाटो फे-यौ अरे’ले चाहिँ मेरो फेस पनि चिनायो । यो गीत पनि एकदम चर्चित भयो । योभन्दा अघि मैले गाएका गीतमा स्वर मात्रै चर्चित भयो । यो गीतमा म आफू पनि देखिएकी छु ।

जसले गर्दा नामसँगै अनुहार पनि चिनायो । यो मेरो जीवनको अर्को ‘टर्निङ पोइन्ट’ हो । यसको सिक्वेल ‘तिमीले बाटो फे¥यौ अरे–२’ पनि सर्वाधिक रुचाइएको छ । यसमा पनि म देखिएकी छु ।

अहिलेसम्म यति गीत गाएँ भनेर संख्या नै त याद छैन, तर जति पनि गाएँ ती सबैले मन पराइदिनुभएको छ । मेरो एल्बमका गीतहरूको श्रोता निश्चित उमेर समूहका हुन्छन् भने फिल्मी गीतका श्रोताचाहिँ सबै उमेर समूहका भएकाले पनि होला । सबै प्रकारका गीत गाउँछु, गाउँदै छु ।