१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ५ सोमबार १६:३९:००
Read Time : < 1 मिनेट
समाचार

भारतमा लगातार इन्धनको मूल्य घट्दै, नेपालमा भोलिदेखि मूल्य समायोजन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ५ सोमबार १६:३९:००

भारतीय बजारमा २६ पुसयता निरन्तर इन्धनको मूल्य घटिरहेको छ । स्वचालित मूल्य प्रणालीका कारण भारतमा दिनहुँ मूल्य समायोजन हुने गरेको हो । 

भारतको सबैभन्दा ठूलो सरकारी तेल कम्पनी इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट इन्धन आयात गर्दै आएको नेपाल आयल निगमले आइतबार नयाँ मूल्य सूची पाएको छ । आगामी १५ दिनका लागि प्राप्त निगमको खरिद मूल्य अघिल्लोभन्दा पेट्रोलमा ३.३४ रुपैयाँ र डिजेलमा ३.८९ रुपैयाँ प्रतिलिटर घटेर आएको छ ।

नयाँ मूल्य सूची घटेर आएपछि निगम व्यवस्थापनले नेपाली बजारमा मूल्य घटाउने तयारी गरेको छ । बबरमहलस्थित केन्द्रीय कार्यलयमा अहिले आगामी १५ दिनको बिक्री परिमाण र हालको खरिद मूल्यलाई तुलना गरी मूल्य समायोजनबारे छलफल भइरहेको एक कर्मचारीले बताए । ‘आइओसीबाट निगमको खदिर मूल्यदर घटेर आएकाले नेपाली बजारमा पनि घटाउन दबाव परेको छ’ ती कर्मचारीले भने ।

निगम व्यवस्थापनले नेपाली बजारमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २–२ रुपैयाँसम्म घटाउन सक्नेबारे छलफल गरिरहेको छ । साँझ ८ बजेसम्म निर्णय गरी सार्वजनिक गर्ने तयारी भइरहेको निगम स्रोतको भनाइ छ । निगमले यसअघि २० माघमा पनि पेट्रोल र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँ घटाएर काठमाडौंको बजार मूल्य पेट्रोल ११० र डिजेल तथा मट्टितेल ९९ रुपैयाँ निर्धारण गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा यतिबेला कच्चा तेलको भाउ स्थिर तथा सामान्य ओरालो लाग्ने गरेकाले भारतमा मूल्य घटिरहेको छ । डेढ महिनाअघि २६ पुसमा आइओसीले दिल्लीका लागि पेट्रोलको भाउ ७६।०१ भारु निर्धारणा गरेको थियो । त्यसयता निरन्तर मूल्य ओरालो लागेर अन्तिमपटक २८ माघमा ७१।९४ भारु निर्धारण भएको थियो । त्यसयता भने मूल्य स्थिर छ ।